धरान  / नेपाल पत्रकार महासंघ सुनसरी शाखा कार्यालय सचिव तथा कपुरीन्युज अनलाइनमा कार्यरत रश्मि प्रधानमाथि भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले धयानार्काण भएको नजाएको छ । 

धरान डेको मेलाको विषयमा पब्लिक स्कुलमा स्टल बनाइरहेको ठाउँमा झगडा हुँदै गरेको थाहा पाएर रिपोर्टिङका क्रममा पुगेको बेला भिडियो खिचेको भन्दै धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकास भाटीले गाली गलौज गदैं मोवाइल खोसेकको  पत्रकार प्रधानले बताउनु भएको छ । 

सार्वजनिक सरोकारका विषयलाई समाचार बनाउने क्रममा पत्रकारलाई कुनै पनि सार्वजनिक पदधारी व्यक्ति वा सार्वजनिक निकायबाट सहयोग हुनुपर्ने व्यवस्था कानुनले निर्दिष्ट गरे पनि त्यसलाई बेवास्ता गर्दै कार्यपालिका सदस्य भाटीबाट प्रधानमाथि भएको काम निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघ जिल्ला शाखाले घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएको छ । घटनाबारे क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)लगायतले समेत विज्ञप्ति जारी गरि आपति जनाएका छन् । 

fnj sunsari press note