धरान । ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन  हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल  –२०२४’ को तयारी शुरु भएको छ । 

एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन र नृत्यको  प्रतिभालाई उजागर गर्ने उदेश्यले फत्लाङलुङ मिडिया हाउस प्रालीको आयोजनामा हुने चौथो संस्करणको तयारी शुरु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

आयोजकका कार्यक्रम निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा  एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । उहाँका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भएको छ ।

आयोजक  प्रा.लीका अध्यक्ष  डम्बर कुमार तुम्बापोका अनुसार प्रतियोगिता कोशी प्रदेश स्तरीय हुने छ । उहाँले भन्नु भयो,‘विगतको वर्ष झै यो वर्ष पनि एसईई आईडल प्रतियोगिताको तयारी हामीले बेलैमा शुरु गरेका छौ,यसर्थ प्रतियोगिताको उद्धेश्य र उपलव्धी हासिल गर्नको लागि कोशी प्रदेशकको १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागि गराउने छौ,यो प्रतियोगितामा सामुदायिक विद्यालय र निजी विद्यालय दुवै विद्यालयका विद्यार्थी सहभागि हुन पाउने छन् ।

एसईई दिएर वसेका विद्यार्थीहरुका लागि आयोजकले  प्रतियोगितामा सहभागि हुनका लािग निशुुल्क फारम वितरण  गर्ने छ ।आयोजकले प्रतियोगिताको लागि कोशी प्रदेशको विभिन्न जिल्लामा गएर र्चैतको तेश्रो सातादेखि अडिसन शुरु गर्ने भएको छ ।

कार्यक्रम संयोजक तीर्थ कार्कीका अनुसार प्रतियोगिता ४ राउण्डमा हुने छ भने विद्यार्थीको क्षमता विकास र व्यतिmत्व विकासको निम्ति निशुल्क विविध तालिमको पनि व्यवस्था गरिएको छ । उहाँले भन्नु भयो,‘विद्यार्थीका लागि गीत संगीत र तृत्य विधासँगै क्षमता विकासका लागि जीवन उपयोगि तालिमहरुको पनि व्यवस्थासँगै व्यतिmत्व विकासको विविध प्याकेजमा तालिम प्रदान  गरिने छ ।

युएन नवोदय कलेज धरानको प्रायोजनमा यो प्रतियोगिता चौथो चरणमा हुँदैछ  भने यस वर्ष १५ सय विद्यार्थी प्रतियोगितामा सामेल हुने अनुमान आयोजकको रहेको छ ।    

गायन र नृत्य तर्फ पुरस्कार 

विजेताले नगद ५० हजार सहित कक्षा ११ र १२ मा अध्ययन गर्न ३ लाख बराबरको पुर्ण छात्रवृति सहित विविध गिफ्ट ह्याम्पर  र मुस्ताङ भ्रमण निशुल्क गराउने छ । 

फस्ट रनरअपले नगद ३० हजार सहित कक्षा ११ र १२ अध्ययन गर्नको लागि ८० प्रतिशत छाञवृति र आकर्षक गिफ्ट ह्याम्पर ।  

सेकेण्ड रनर अपले ट्रफि र नगद २० हजार र कक्षा ११ र १२ अध्ययन गर्नको लागि ७० प्रतिशत छात्रवृति र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने टप टेन फाइनलिष्टहरुलाई कक्षा ११ र १२ को अध्ययनको लागि ५० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । 

 अनलाईन मार्फत  फारम उपलव्ध हुने 

प्रतियोगितामा सहभागि हुने इच्छुक विद्यार्थीका लागि अनलाईन फारम समेत भर्न सक्ने छन् । अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखनिे जनाईएको छ भने डिजिटल अडिसन मार्फत पनि सहभागिले भाग लिने पाउने व्यावस्था गरिएको छ । अध्यक्ष तुम्बापोका अनुसार कोशी प्रदेशभरीका विभिन्न जिल्लामा रहेका विद्यार्थीको सहजताको निम्ति यो प्रणालीको व्यवस्था गरिएको हो ।