धरान / युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब्रदस क्लबलाई  ७५(७१ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । 

दोस्रो क्वाटरमा ब्रदस खेलमा फर्कन्दै २५(१४ को अग्रता बनाएर मध्यान्तर सम्ममा ३६(३३ अंकले आफ्नो अग्रता बनाए । तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदस बिरुद्द २४(१६ को अग्रता बनाउदै पुनस् इमोर्टल खेलमा फर्किएको थियो । चौथो क्वाटरमा ब्रदसले १९(१८ अंकको अग्रता लिए पनि उपाधीका लागि पर्याप्त भएन ।

        इमोर्टलले उपाधि सङ्गै नगद ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता ब्रदसले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी इमोर्टलका निकेस मगर घोषित हुनु भयो ।  उहाँले नगद ७ हजार, ट्रफी, बल, प्रमाणपत्र र १ हजार रुपैया बराबरको फुड भौचर प्राप्त गर्नु भएको छ ।  फाइनल खेलका म्यान अफ द म्याच ब्रदसका सर्बोधन राई घोषित हुदैं नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो । यसै गरि उदयिमान खेलाडीको उपाधी इमोर्टलका  प्रतिक राईले पाउनु भयो । विजेता टिम र खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष सन्तोष बास्फोर, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघा, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक बिकास चाम्लिङ राइ, प्रतियोगिता संयोजक रवि बास्फोरलगायतले पुरस्कार वितरण गर्नु भयो । 

पुस ७ गते देखि सुरु भएको प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटबल कोर्ट धरान रंगशालामा भएको थियो ।