धरान /  हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गरेको ुहिविस्कस क्विज मेनिया ९हाजिरी जवाफ प्रतियोगिता० सिजन–२ु मा नेपाल पुलिस स्कुल धरान उत्कृष्ट भएको छ ।  

प्रतियोगितामा धरान उप–महानगरपालिका भरिका कक्षा–१२ सम्मका सामुदायिक र संस्थागत गरि ३१ विद्यालय सहभागी भएकोमा ६ विद्यालय फाइनलमा छनौट भएका थिए । उत्कृष्ट ६ वटा पोलिस स्कुल प्रथम भएको हो । विजेता पुलिसले नगद १२ हजार, मेडल र प्रमाण पत्र हात पारेको छ । 

दोश्रो पब्लिक हाईस्कुल, तेश्रो जीवन ज्योति मावि। र चौथो हिमालयन मेघा स्कुल भएको क्विज मेनिया कार्यक्रमका संयोजक सुबास मोक्तानले जानकारी दिनु भयो । 

दोश्रो हुने विद्यालयले नगद १० हजार, मेडल र प्रमाण पत्र, तेश्रो, चौथो, पाचौ र छैटौ हुने विद्यालयले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् । 

 प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप९महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, बिशेष अतिथि एन प्याब्सन सुनसरीका अध्यक्ष युवा राई, नेपाल पत्रकार महासङ्घ प्रदेस न १ का सचिव देबेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेस रेग्मी लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गर्नु भयामे ।  कार्यक्रमका प्रमुख अतिथि खतिवडाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका साथै धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न थप टेवा पुग्ने बताउनु भयो । प्रमुख अतिथि खतिवडाले कार्यक्रमको निरन्तरताको कामना गर्दै आउने बर्ष देखि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । 

 कार्यक्रममा प्रमुख अतिथि खतिवडाले अतिरिक्त सीपमा पोख्त बनाउन हिविस्कसले राम्रो कार्यक्रम गरेको बताउनु भयो । धरान उपमहानगरपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको बताउदैं खतिवडाले धरानमा नीजि विद्यालयहरुसँग सामुदायि विद्यालयहरु प्रतिस्पर्धा गरिरहेको बताउनु भयो । उहाँका अनुसार ४७ हजार विद्यार्थीहरुमा १६ हजार विद्यालय स्तरका बालकालिका धरानमा रहेका छन् । सामादायिक विद्यालयहरु अब्बल बन्दैं गएको उहाँले बताउनु भयो । विद्यालय स्तरबाट लोकसेवा तयारीका लागि यस्तो प्रतियोगिता गरेको  विद्यालय संचालक तथा सल्लाहकार पवन झाले बताउनु भयो । अघिल्लो प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले लोकसेवामा नाम निकालेको समेत उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा विद्यालयलाई अतिरिक्त क्रियाकलाप गर्न सहयोग गर्ने धरानको डाँफे एजुकेसन सेन्टरका सुवास मोक्तान, मिलन श्रेष्ठ, विष्णुमाया बस्नेत, पवन झालगायतलाई सम्मानसमेत गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक गंगाराम राईले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।

hibiscus1