धरान । एक्वा इङलिस वोर्डिङ स्कुल धरान–१७ का विद्यार्थीहरुले एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेका छन् ।

विद्यार्थीहरुले शुक्रवार एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेका हुन ।कक्षा ३ देखि १० सम्म का विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा १५ समूह सहभागी भएको विद्यालयले जनाएको छ ।

2  4

विद्यार्थीहरुले इलेक्ट्रीकल बेल, इलेक्ट्रिीकल कार, पेरीस्कोप, हाईड्रोपावर, सोलार, सिस्टम, एक्सटेन्सन व्रिज, वाटर फाउण्डेसनलगायतका सामाग्रीको प्रदर्शनी गरेको स्कुलले जनाएको छ ।

विद्यार्थीहरुलाई विज्ञान सम्वन्धि सकृय गराउन र सिर्जनात्मक अभ्यास गराउनर हौसल्ला प्रदान गर्नको लागि कार्यक्रमको  गरीदै आएको स्कुलका प्रिन्सिपल विवेक राईले जानकारी दिनु भयो ।प्रिन्सिपल राईका अनुसार स्कुलले विगत तनि वर्षदेखि यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।