काठमाडौं ।‘बालकुमारी घटना का मृतकको परिवारलाई  सरकारले १० ।१० लाख रुपैयाँ दिने भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाउनु भएको छ । 

प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृहमन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ । कोरिया रोजगारीमा जानका लागि आवेदन दिन नपाएकोमा आक्रोशित युवाहरूले हिजो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि  प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।