धरान /  हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार 'हिविस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२' को फाइनलमा ६ वटा विद्यालय छनौट परेका छन् । 

प्रतियोगितामा धरान उप–महानगरपालिका भरिका कक्षा–१२ सम्मका सामुदायिक र संस्थागत गरि ३१ विद्यालय सहभागी भएकोमा ६ विद्यालय फाइनलमा छनौट भएका हुन् ।

उत्कृष्ट ६ मा पर्ने विद्यालयहरुमा पब्लिक हाईस्कुल, नेपाल पुलिस स्कुल, हिमालयन प्लस टु, जीवन ज्योति मा.वि. सरस्वती मा.वि र चन्द्र संस्कृत मा.वि. रहेको क्विज मेनिया कार्यक्रमका संयोजक सुबास मोक्तानले जानकारी दिनु भयो । हिभिभावक दिवसलाई हिविस्कस डे को रुपमा विद्यालयले मनाउन लागेको हो । 

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। दोश्रो हुने विद्यालयले नगद १० हजार,मेडल र प्रमाणअपत्र प्राप्त गर्नेछ। यसैगरी तेश्रो, चौथो, पाचौ र छैटौ हुने विद्यालयले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने हिबिस्कसका निर्देशक गंगाराम राईले जानकारी दिनु भयो । 

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङ, प्रमुख निर्णायक नउदिप शाह, निर्णायक सुरेस रेग्मी र भाईस प्रिन्सिपल थेबेले प्रमाण–पत्र वितरण गर्नु भएको थियो । 

प्रतियोगीताको फाईनल शनिबार हुने आयोजकले जनाएको छ । यो सालबाट बिजेतालाई रनिङ कप प्रदान गरिने स्कुलका सल्लाहकार पवन झाले जानकारी दिनु भएको छ । प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने उहाँले बताउनु भयो ।