धरान  / बालबालिकाहरुको आन्तरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धरान १४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार बादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । 

स्कुलले  'बैदेशिक रोजगारी भन्दा स्वरोजगार नै बेश' भन्ने शिर्षकमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु विच प्रतियोगिता गराएको हो । 

pradip sir 1

प्रतियोगितामा पक्ष विपक्ष गरि १८ जना विद्यार्थीहरुले भाग लिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रदिप राईले जानकारी दिनु भयो । 

प्रतियोगितामा कक्षा ९ की प्रिया बोहोरा प्रथम, कक्षा १० का रोहन श्रेष्ठ दोश्रो, कक्षा ६ की स्निग्ध पौड्याल  तेश्राे र कक्षा ६ कै नेसनल कोइराला सान्तोना हुनुभएको थियो ।

विजयी प्रतियोगिहरुलाई विद्यालयका सहायक प्रधानाध्यपक मनोज गुरुङ  र अतिरिक्त क्रियाकलाप संयोजक प्रदिप राईले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । 

कार्यक्रमको समापन गदैं सहायक प्रअ गुरुङले कुनै पनि विषयमा तर्क गर्ने क्षमता बढाउन बालबालिकाहरु विच आन्तरिक रुपमा प्रतियोगिता गराइएको बताउनु भयो । कितावी ज्ञानसँगै अन्य बोल्ने, बादविवाद गर्ने, नृत्य, गायनलगायत  कलाको पनि विकास जरुरी भएकाले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको बताउनु भयो । 

manoj gurung