धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख ज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख र प्रधानमन्त्री फोटोहरु हटाएको विषयले दुःखी बनाएको उपमेयर आइन्द्रविक्रम बेघाले बताउनु भएकाे छ ।

उहाँले शुक्रबार विज्ञप्ति जारी गरि उक्त कार्य प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्नु भएकाे छ । 'नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सिमा र घेरा भित्रि रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी हो ।'- विज्ञप्तिमा भनिएकाे छ-'संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने साथै यस व्यवस्थाको सबै मूल्य र मान्यतालाई विधि सम्मत ढंगले आत्मसाथ गर्दै कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी आफुहरूकाे भएकाे जनाइएकाे छ ।

'यहि व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघिय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो । त्यसकारण संविधानको पालनाकर्ता र कार्यान्वयनकर्ता सबै भन्दा जिम्मेवार हुनु पर्दछ ।'-उहाँले विज्ञप्तिमा भन्नू भएकाे छ ।

उहाँले नगर प्रमुखले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह समेत गर्नु भएकाे छ ।

व्यक्तिगत र एकल ढंगले होइन सामुहिक तरिका र आधिकारिकताले मात्रै जिम्मेवारीको ओज र गरिमा कायम राखेर परिणाम निकाल्ने उहाँकाे भनाई छ ।

धरानका मेयर हर्क साम्पाडले आफ्नाे कार्यकक्षमा भएकाे राष्ट्रपति र प्रधानमन्त्रीकाे तस्विर हटाएर एलम्वरकाे फाेटाे विहीबार राखे पछि आलाेचना भईरहेकाे छ । शुक्रबार कार्पालिका बैकठसमेत फाेटाे राख्न कार्यपालिका सदस्यहरूले माग राखे पछि स्थगित गरिएकाे छ ।

FB_IMG_1703845617029