धरान । धरान उपमहानगरपालिका –६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई आज  शैक्षिक सामाग्री प्रदान गरिएको छ । 

उपेक्षित उत्थान सरोकार केन्द्र धरानले बिद्यार्थीलाई उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो । केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अनुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ  ।

2  3

उहाका अनुसार विद्यार्थीलाई कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिल लगायतका आवश्यक शैक्षिक सामाग्री कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गनु भएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भन्नु भयो ,‘रणदेवी विद्यालय स्थापनाकाल देखि नै सामाजिक योगदानमा सञ्चालित हुँदै आएको छ  र  विद्यालयमा हालसम्म स्थायी दरबन्दी नभएको विषयमा ,दरबन्दी मिलान, नियमन लगायत सम्पुर्ण अधिकार स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ ।’ 

3  1

धरान ६ का वडा सदस्य राजेन्द्र न्यौपानेले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गर्दै भन्नु भयो ,‘उपेक्षित उत्थानसँग वडाले पनि सहकार्य गर्छ,रणदेवी विद्यालयलाई वडा कार्यालयले पनि सहयोग गरिरहेको पनि छ ।’

विद्यालयका शिक्षक अभिभावक संघका  अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक कुलबहादुर खनालले स्थापनाकाल देखि नै सामाजिक रुपमा सञ्चालित विद्यलायमा हालसम्म सरकारले  एउटा पनि स्थायी  दरबन्दी नदिनु दुखद् भएको बताउनु भएको छ । उहाले ग्रामिण क्षेत्रका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने विद्यालयलाई सरकारले पनि बेवास्ता गरेको पनि बताउनु भयो । कार्यक्रममा केन्द्रका बरिष्ठ सल्लाहकार लालबहादुर विश्वकर्माले संस्थाको श्लोगन अनुसार नै काम गरिरहेको बताउनु भएको छ ।

संस्थाको श्लोगन ‘सक्छौ सहयोग गर, सक्दैनौ विरोध नगर’ आफूले कमाएको सम्पत्तिको केही अंश र बचेको केही समयलाई समाजसेवामा समर्पित गरौँ भन्ने रहेको छ । सल्लाहकार विश्वकर्माले  भन्नु भयो,‘गैरसरकारी संस्था व्यक्तिको स्वार्थमा काम गर्छन् भन्ने आम बुझाई छ,अझ एनजीओले फण्डिङ  कार्यक्रम गर्ने गरेका छन् तर केन्द्रले स्थापनाकाल देखि नै संस्थाले आफ्नो खर्चमा सामाजिक काम गरिरहेको छ ।’

 विद्यालयका प्रधानाध्यापक युवराज थापाले विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नु भएको छ । 

उक्त कार्यक्रममा संस्थाका शुभेच्छुक खेम विश्वकर्मा, शुभद्रा विश्वकर्मा, अम्बिका विश्वकर्मा ,केन्द्रका कोषाध्यक्ष शिवराज विश्वकर्मा, सहसचिव अनन्तमान रम्तेल, सदस्य यादव प्रसाद लामिछाने, रिनिता राई, प्रमेश विश्वकर्मा, एलिन कोइरालाको उपस्थिति रहेको  थियो ।