धरान सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएर प्राचिनकालका किराँती राजा एलम्बरको तस्विर राख्नु भएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर एलम्बरको राख्ने उल्लेख गर्नु भएको थियो । 

 धरानलाई जहिले महत्व दिन्छन् त्यही दिन राख्छुभनेर सार्वजनिक गर्नु भएको थियो ।  आज उहाँले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राख्नु भएको हो । 

'भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनस् उनीहरुको फोटो टाँस्नेछु । जय देश ।''- उहाँ लेख्नुभएको थियो । 

धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताउनु भएको छ । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले कार्यकक्षमा राखेको विषय ठूलो कुरा होइन तर संविधानका संरक्षक राष्ट्रपति र मुलकका कार्यकारी प्रधानमन्त्रीको तस्विर हटाउनु चाही गलत भएको बताउनु भएको छ । 

मेयर साम्पाङ बेलाबेला विवास्पध कुरा लेखि रहनु हुन्छ । केही दिन अगाडी  'धरानलाई कि त विकास देउ कि त स्वयतता देउ । स्वयतता नदिए नत्र तिमेरुको केही चाहिदैंन हाम्लाई । स्वतन्त्र राज्य बनाउन नपरोस । विचार चोगे ।' भनेर फेसबुकमा लेख्नु भएको थियो । 

 राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति धरानका विभिन्न पाँच राजनीतिक दलहरुले आपत्ति

मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति धरानका विभिन्न पाँच राजनीतिक दलहरुले विरोध जनाएको छ ।

नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका सचिव खेमप्रसाद दाहालले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, उनीहरुले धरानका मेयरले संविधानको ठाडो उल्लंघन गर्ने कार्य गरेको पनि जनाएको छ ।

दलहरुले जारी गरेको विज्ञप्तीमा धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको उल्लेख गरेको छ । ‘नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर संविधानको रक्षक र कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको छ । आजको मितिमा धरानको प्रमुखले आफ्नो कार्यकक्षको भित्तामा राखिएको राष्ट्रप्रमुख, कार्यकारी प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ,‘यसले धरान उपमहानगरका प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको छ । यसैप्रणालीलाई टेकेर अध्यावधिक निर्वाचनमार्फत निवार्चित उपमहानगर प्रमुखले संविधानको ठाडो उल्लंघन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’

दलहरुले धरानका मेयरको सामाजिक सञ्जालको प्रस्तुती र गतिविधिले निरंकुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिड्न खोजेको भन्ने बहसलाई उजागर गरेको पनि विज्ञप्तिमा भनिएको छ । सुन्दर, शान्त, सभ्य र शिक्षित सहरकोरुपमा विकसित हुदै गइरहेको धरानलाई हास्य र लज्जाको सहरकोरुपमा परिणत नगर्न पनि दलहरुले मेयर साम्पाङलाई सचेत गराएका छन् ।  संविधान र राष्ट्रप्रति सोही प्रकृयाबाट निवार्चित भएका राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न भनेका छन् । 

dal