विराटनगर  नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारलाई मिडियामैत्री कानुन निर्मााण गर्न तथा स्थानीय सञ्चार गृह एंव पत्रकारहरुको क्षमता विकासका लागि महासंघसँग सहकार्य गर्न ध्यानकर्षण गराएको छ । 

सोमबार मुख्यमन्त्री केदार कार्कीको निवासमा पुगेर महासंघका उपलब्ध पदाधिकारी र सदस्यहरुले ध्यानाकर्षण गराएका हुन । अनौपचारिक भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले यस अघि प्रदेश सरकार र पत्रकार महासंघको सहकार्य उत्कृष्ट रहेको स्मरण गराउदैं आगामी दिनमा पनि महासंघ सरकारसँग सहकार्य गरेर प्रदेशको समृद्धिका लागि काम गर्ने बताउनु भएको छ । यस अघि प्रदेश सरकारको सहयोगमा थालनी गरिएको महासंघ जिल्ला शाखाका भवनहरु निर्माण सम्पन्न गर्न अझ सहयोग गर्नु पर्ने बताउनु भयो ।

पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार तथा पेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइटेलले प्रदेश सरकारले राजधानीका सरकारी मिडियालाई बढि प्राथमिकता दिएर बजेट दिएको तर स्थानीय मिडिया प्रवद्र्धनका लागि कम प्राथमिकतामा परेको भन्दैं ध्यानाकर्षण गराउनु भयो । साना लागनीका मिडिया प्रवद्र्धन र महिला पत्रकारको क्षमता विकासका लागि पत्रकार महासंघसँग सहकार्य गरेर काम गर्न सुझाव दिनु भयो । उहाँले प्रदेश संरचना र नामको विषयमा प्रश्न उठिरहेका बेला सरकारले आम नागरिकलाई प्रदेशको संरचना र प्रदेश सरकारले गरेका कामबारे उजागार गर्ने काम गर्नु पर्ने बताउनु भयो । 

यस्तै महासंघका महासचिव विवेश गौतमले सरकारले संचार क्षेत्रमा छुट्याएको बजेट सहि ठाँउमा सदुपयोग गर्न पत्रकार महासंघसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नु भएको छ । प्रदेश सरकारले बनाउदैं गरेको मिडिया सम्बन्धि विधेयक पनि महासंघसँग समन्वय गरेर मिडियामैत्री कानुन बनाउन आग्रह गर्नु भएको छ । उहाँले यस अघि प्रदेश सरकारले जिल्ला शाखाहरुलाई पत्रकारहरुको क्षमता विकासका लागि दिदैं आएको अनुदान कटौती गरेको प्रति गुनासो गर्नु भएको थियो । प्रत्येक शाखालाई दिदैं आएको तीन लाख अनुदान नियमति गर्न उहाँले मुख्यमन्त्री तथा आन्तरिक तथा कानुन मन्त्री सम्शेर राई आग्रह गर्नु भएको छ । 

।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महासंघको गुनासो र समस्याबारे समाधान गर्न संचारसमेत हेर्ने मन्त्री सम्शेर राईलाई निर्देशन दिइसकेको बताउनु भएको थियो । छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री राईको समेत उपस्थिति रहेको थियो । उहाँले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको स्मरण गराउनु भयो ।  कानुन बनाएर मिडिया व्यवस्थापन गर्न लागेकाे बताउदै‌ पुस १७ गते अघि नै  सरकारले  मस्याैदा प्रदेश सभामा लैजाने जानकारी गराउनु भयाे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गर्नु भएको थियो । प्रदेशको समृद्धिका लागि पत्रकार महासंघले वहस र छलफल थालोस भन्ने सरकारको चाहना भएको उहाँले बताउनु भयो ।  

‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ ।, उहाँले भन्नुभयो, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ?’

छलफलमा पत्रकार महासंघ कोशीका उपाध्यक्ष हिमाकुमारी चेम्जोङ, सचिव देवेन्द्र कार्की, कोषाध्यक्ष विमल लामिछानेलगायत उपलब्ध कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो

cm karki1