धरान / इसाई धर्मावलम्बीहरूको पर्व ख्रिष्टमश, किरातहरुको उधौली, ल्होसारको अवसरमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

धरानका मेयर हर्क सम्पाङको प्रमुख आतिथ्यतामा आइतबार भएको कार्यक्रममा इसाई धर्मावलम्बीहरू, विभिन्न जातिय संस्थाका प्रतिनीधिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि साम्पाङले आफूलाई इसाई धर्मको ‘पास्टर’ भनेर सामाजिक सञ्जालमा लेख्न बन्द गर्न आग्रह गर्नु भएको थियो । सबै धर्मलाई म सम्मान गर्छु तर गोपाल मन्दिर अगाडि चर्च बनेको विषयबाट मलाई सामाजिक सञ्जालमा एउटा वर्गले भन्ने गरेको ‘पास्टर’ भन्न कुरा आजै देखी छोडिदिन आग्रह गर्नु भएको थियो । 

विशेष गरेर दशै तिहार छठलगायतका पर्वमा मात्र मात्र संघ संस्थाहरुले कार्यक्रम गरे पनि सबै समुदायका पर्वहरुलाई उतिकै मान्यता दिन आफुहरुले शéकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिनु भयो । सबै समुदायका चाडपर्वहरुलाई उतिकै मान्यता दिएर शéकामना आदनप्रदान कार्यक्रम गर्ने परम्परा बसाल्न फोटो पत्रकार महासंघले थालनी गरेको उहाँले बताउनु भयो । 

कार्यक्रममा प्राडा. टङ्कप्रसाद न्यौपाने, डा. राजेन्द्र शर्मा, उपमेयर अइन्द्रबिक्रम बेघा, २ नं. वडाध्यक्ष रमेश राईलगायतले अतिथिहरुले शुुभकामना व्यक्त गर्नु भएको थियो ।

फोटो पत्रकार महासंघका अध्यक्ष चाम्लिङको अध्यक्षता भएको कार्यक्रममा कार्यक्रमको औचित्यबारे सल्लाहकार तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले प्रस्टाउनु भयो भने कार्यक्रमको संचालन महासंघका सचिव शिशिर राईले गर्नु भएको थियो ।