दिक्तेल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङ जिल्ला कमिटीको दोस्रो अधिवेशनले गुरुप्रसाद ढकालको अध्यक्षमा १७ सदस्यी नयाँ कमिटी चयन भएकोछ । 

शनिबार दिक्तेलस्थित समिक्षालय सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन भएकाछन् । 

कमिटीको सदस्यहरुमा अर्जुन राई, हर्कबहादुर दर्जी, उमेश राई, केदार आचार्य, खगेन्द्र भट्टराई, सञ्जीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, चन्द्रबहादुर श्रेष्ठ, सुनिल बिक, होमकिशोर कसजु र लिला बिक चयन भएकाछन् । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकास शाह, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, संगठन केन्द्रीय सदस्य विदुरसिंह तामाङ, संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा, नेकपा (एमाले) खोटाङ अध्यक्ष राम दंगाल, उपसचिव सुरेन्द्रकुमार राई, संगठनका कोशी प्रदेश सचिव महेश घिमिरे, अधिवक्ता ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।