धरान / सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मिडिया काउन्सिल विधेयक मार्फत न्युमिडिया नियमन गर्ने बताउनु भएकाे छ ।

शनिवार धरानमा संचार क्षेत्रका समसामयिक विषयबारे  पत्रकारका बीच भएकाे छलफलमा उहाँले 

'न्यु मिडिया पनि अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस्थापन गर्नु पर्ने जरुरी रहेकाे बताउनु भएकाे छ ।

प्रिन्ट मिडियाले डिजिटल मिडिया नचलाई एक्लै बाँच्न नसक्ने अवस्था रहेको भन्दै नयाँ प्रविधिको अङ्गिकार सबैले गर्नु पर्ने उहाँकाे भनाई थियाे । 

मन्त्री शर्माले लोककल्याणकारी विज्ञापनका सन्दर्भमा समस्या पहिचान गरि िमाधान गर्ने बताउनु भयाे । जिल्लाका पत्रकारहरुले मन्त्री शर्मा समक्ष पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गर्नु पर्ने मागसहित ज्ञापनपत्रसमेत बुझाएका छन् ।