धरान / धरान १४ स्थित आइडिएल इङ्लिस बोर्डिङ स्कुलमा मंगलबार ४४३ जनाले दादुरा तथा रुबेलाको खोप लगाएका छन् । १४ नं. वडामा दन्तकाली मावि र आइडियल स्कुलमा केन्द्र तोकेर मंगलबार खोप लगाइएको १४ नं. वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनु भयो । आइडयिलमा मात्र ४४३ जनाले खोप लगाएको स्कुल कोर्डिनेटर कमल रानाले बताउनु भयो । 

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तीन दिनको समयमा धरान क्षेत्रमा २१ हजार ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुले खोप लगाएका छन । पुस  १ गतेदेखि चलेको खोप अभियान पुस ८ गतेसम्म चल्ने छ । महाशाखाले ३७ हजार बालबालिकाहरुलाई खोप पुरा गराउने लक्ष्य राखेको प्रमुख मेहताले जानकारी दिनु भयो ।