धरान . नेपालका लोकप्रिय गायक दीप श्रेष्ठले आफ्नो ७३ औंं जन्मदिन धरानका दर्शकसँगै गीत गाएर उल्लाससँग मनाउनु भयो । 

पुस १ गतेको साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा उहाँलाई सुन्ने उहाँका जन्मदिनमा रमाउनेहरुको भीडड थियो । जन्मदिनको केक काटेर ‘हर रात सपनीमा....’ गीत गाउनु भयो । पहिलो गीतमै मन्त्रमुग्ध दर्शकले श्रेष्ठसँगै स्वर मिलाएर गाएका थिए ।

सिल्भर इन्टरटेनमेन्ट र धरान संगीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले ‘भन्थिन् मेरी उनी...’ सँगै ‘मेरो आँखामा हरदिन...’ सुनाउनु भयो । त्यसपछि ‘साइलीबरी चियाबारीमा...’ मा सँगै नाचेका दर्शकले ‘मेरी मायालु।।।’ लाई त दोहोर्‍याएर गाउन लगाउनु भएको थियो । 

उहाँलाई ‘जति हाँसौं भन्छु...’ मा मेरिना राईले साथ दिनु भयो । त्यस्तै, अर्को चर्चित गीत ‘मेरो सपनाको सागरमा तिमी...’ मा उहाँकी छोरी दृष्टि श्रेष्ठले पनि साथ दिनु भयो ।

गायक श्रेष्ठले ‘म त दूरदेखि आएँ ...’ गाएर कार्यक्रमको समापन गर्नु भयो । कन्सर्टको शुरूआतमा धरानका गायक नवराम राई, कृष्णराजा श्रेष्ठ, डा. मञ्जिल श्रेष्ठ, मनोहर शाक्य, किरण श्रेष्ठले पनि आफ्नो प्रस्तुत दिनु अवसर पाउनु भएको थियो । काठमाडौं कर्मथलो बनाउनु भएका श्रेष्ठले आफ्नो जन्मदिनमा धरानलाई सम्झै आउनु भएको छ । 

तस्विर: साेहन श्रेष्ठ

deep sth