धरान  /  जबरजस्ती सडक अबरोध गर्ने  १५  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश नामाकरणलाई लिएर जबरजस्ती सडक बन्द गरेको आरोपमा प्रहरीलेधानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ । धरानको १३ स्थित  शिवघाट पेट्रोल पम्प  माछा भौडी क्षेत्रबाट ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीलेजनाएको छ । यस्तै इटहरी ४ बूढीखोला स्थित पूर्व पश्चिम राजमार्गमा सडक अबरोध गर्ने ६ जना बन्दकर्ताहरूलाई समेत प्रहरीले नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।  

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मंसिर ३० र पुस १ गते कोशी प्रदेश बन्दको घोषणा गरेको थियो । खोटाङमा पक्राउ परेका नेता कार्यकर्ताहरुको रिहाइ तथा प्रदेशको नामकरणमा असन्तुष्ट जनाउदैं बन्य गरिएको थियो ।  बन्दको क्रममा धरानबाट हिजो पनि  प्रहरीले ५ जना पहिचानवादी नेता, कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुलाई बेलुका नै छाडिएको प्रहरीले जनाएको छ ।