विर्तामोड । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग ट्रक कमिटीको चौथौं अधिवेशन विर्तामोडमा सम्पन्न भएकोछ । अधिवेशनले आगामी दुइ वर्षकालागि  करण पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकोछ । 

मेची राजमार्गमा सञ्चालित करिव ६ सय ट्रकमा काम गर्ने चालक, सहचालक तथा स्वरोजगारहरुको पेशागत हक, हित, अधिकार र सुरक्षाका लागि क्रियाशील नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग ट्रक कमिटीको चौथौं अधिवेशनले ११ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको हो ।  अधिवेशनमा मेची राजमार्गमा ट्रक चालकका रुपमा कार्यरत दुइजना चालकहरुलाई अनुशासित र उत्कृष्ठ चालकका रुपमा सम्मान गरिएकोछ ।सम्मानितहरुमा कमल आचार्य र चन्द्र लिम्बू रहनुभएकोछ ।

समितिको उपाध्यक्षमा  याम खत्री, सचिवमा कमला गुरुङ, सहसचिवमा राजु तिवारी, कोषाध्यक्षमा सन्तोष राई, सदस्यहरुमा कमल आचार्य, नरेन तामाङ, महेश गुरुङ, खेम पौडेल, दिपक भट्टराई, काजी लिम्बू, रहनु भएको छ । यसै गरि सल्लाहकारहरुमा मंगलकुमार राई र ल्वाङ लामालाई चयन गरिएको छ । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वला राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संगठनका केन्द्रीय उपमहासचिव देवीप्रसाद भट्टराई, नेपाल कृति तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) का संयोजक सन्त राई, संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, कोषाध्यक्ष काजी राई र जिफन्ट झापा जिल्ला संयोजक खेम पोख्रेलको आतिथ्यता रहेको थियो ।