विराटनगर  । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग गर्दै आएकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई आग्रह गरेको छ

शनिबार विराटनगरमा पार्टीकाे प्रचार तथा प्रकाशसन विभागले पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानलाई अवरोध नगर्न अनुरोध गरेको हो ।

मंसिर १४ गतेबाट सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । तर, एमालेको यो अभियानलाई अवरोध गर्न पहिचान पक्षधरले सो क्षेत्रमा बन्दको घोषणा गरेका छन् ।

नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले नामकरणको विषयमा सबै दल बसेर छलफल गर्ने कुरामा एमाले तयार रहेको बताउनु भयाे । एमालेका नेता कर्याकर्तालाई कुटपिट र अवरोध गरेर पहिचान प्राप्त नहुने भन्दै उहाँले कार्यक्रमलाई अवरोध नगर्न अनुरोध गरेका छन् । नामका विषयमा एमाले एक्लैले निर्णय नगरेकाे कांग्रेस माआेवादी सहभागी रहेकाे प्रष्ट पार्नु भयाे ।

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कुनै कारण नभएको बताउदैं समृद्धिकाे अभियानमा सहयाेग गर्नु पर्ने उहाँकाे भनाई थियाे ।

यस्तै एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामको विषयलाई लिएर एमालेलाई गाली र आक्रमण गर्न खोज्नु गलत भएको बताउनु भयाे । नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न राईले आग्रह गर्दै त्यहीबाट समाधान निस्कने उहाँले बताउनु भयाे ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले मंसिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको बताउनु भयाे । कोशी प्रदेशमा उदयपुरको घुर्मी, तेर्हथुमको बसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ ।
प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले अभियानबारे जानकारी गराउदै सबैकाे साथ सहयाेग अावश्यक भएकाे बताउनु भयाे ।