• देबेन्द्र कार्की

धरान / सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मेर सुनसरीलाई कर्मथलो बनाउदै आएका प्रदिप भण्डारी राजनितिक एवं शैक्षिक क्षेत्रको कुनै नौलो नाम होईन । धरानको शिक्षा सदन माविमा झण्डै ३७ बर्ष अध्यापन गरेका भण्डारी शैक्षिक नीति शिक्षा प्रणालीलगायत विषयमा समेत उतिकै ज्ञाता छन् । उनी सहायक प्राध्यानाध्यापकको रुपमा सेवा गरेर २ बर्ष अघि मात्र अवकास लिएका प्रखर शिक्षा सेवी हुन । लामो राजनितिक तथा शैक्षिक अनुभव प्राप्त भण्डारी सुनसरी क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा विजयी भएसँगै प्रदेशसभाको सभामुखमा विजयी भएका छन् ।
राजनीतिक यात्रा
धरान–१३ का स्थायी वासिन्दा भण्डारीको शिक्षा क्षेत्रमा जति योगदान छ त्यो भन्दा बढि राजनितिक क्षेत्रमा पनि उतिकै छ । भुमिगत काल २०२७ सालमा विद्यार्थी युनियनमा रहेर उनले राजनिति शुरु गरेका थिए । शिक्षा सेवासँगै उनी राजनितिमा क्रियाशिल भए । २०२८ सालमा एसएलसी पछि वासु शाक्यसँगै आन्दोलनमा सरिक हुदा उनी गिरफतारमा समेत परे । ८ दिनसम्म धनकुटा कारागारमा उनलाई राखियो । त्यस पछि धरानमा आएका हुन । ६२ बर्षे जीवन कालमा उनले मजदुर आन्दोलन, शैक्षिक आन्दोलनलगायतका धेरै राजनीतिक आन्दोलनका मोर्चामा सामेल भए । लामो कालखण्डदेखिको सकृयताले उनलाई राजनीतिमा पनि उचाईमा पु¥याएको छ ।
भण्डारी धरानमा गुरुका रुपमा परिचित छन् । देश विदेशमा उनका शिष्यहरु छन् । ३७ बर्षे शिक्षक जीवनमा उनले अनगिन्ती डाक्टर, प्राध्यापक, वकिल, इन्जिनीयर, शिक्षक उत्पादन गरेका छन् । अवको वाँकी जीवनमा अनगिन्ती राजनीतिक योद्धा उत्पादन गर्ने उनको धोको छ ।
नेकपा एमाले धरान नगरकमिटिको नेतृत्व गर्दे जिल्ला सचिवालय सदस्यको रुपमा लामो समय पार्टीमा काम गरेका भण्डारी राष्ट्रिय राजनितिमासमेत पहुँच राख्दै आएका छन् । हाल उनी नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगर कमिटी इञ्र्चाज रहेका छन् । पार्टीको आर्थिक विभागमा उनले लामो समयदेखि सम्हाल्दै आएका थिए । पार्टीको जिल्ला कमिटीलाई मजबुद बनाउने उनको ठूलो योगदान रहेको छ ।
शैक्षिक सेवासँगै पार्टीमा लामो समयसम्मको योगदानकै कारण गत मङ्सिर २१ गतेको आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सुनसरी क्षेत्र नंं १ (क) बाट पार्टीको सर्वसहमतिमा टिकट पाएका थिए । उनी उनको क्षेत्रमा एकल दावेदार बने । धरानवासीका ‘प्रिय सर’ भएका कारण उनले निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी गरे । उनको योग्यता, पार्टीमा ठूलो लगानीका कारण पार्टीको प्रदेश कमिटीले प्रदेश सभाको सभामुखका लागि सिफारिस ग¥यो । संसदीय दलमा उनलाई प्रदेशसभा अध्यक्ष बनाउने प्रस्ताव बहुमतले पािरत भई हलबाट निर्वाचित भई उनले प्रदेशसभा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । प्रदेश नं. १ को पहिलो सभामुखको रुपमा इतिहासमा नाम लेख्न उनी सफल भएका छन् । यस अघि उनको विद्यालय चलाउने र नेकपा एमाले जिल्ला पार्टीलाई चलाउने जिम्मेवारी थियो भने अहिले सरकारको खवरदारी गर्दे प्रदेशसभा सदस्यहरु विच रहेर नियमित कार्य सम्पादन गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।
सम्वृद्ध प्रदेश पहिलो प्राथमिकता
पद बहाली पछि भण्डारीले नेकपा एमालेबाट समृद्ध प्रदेशका लागि तय गरिएका एजेण्डाहरुलाई पुरा गर्नका निम्ति आफु निरन्तर लाग्ने उनले बताएका छन् । ‘घोषणा पत्रमा लेखिएका, जनताले चाहेका कुरा पुरा गर्न हामी सबै प्रदेश सरकार तथा प्रदेश सभा सदस्यहरु लगि पर्ने छौ ।’ –उनले भने –‘यो प्रदेशमा सोलुखुम्बु देखि ताप्लेजुङ, पाँचथर, इलाम विकट क्षेत्र पनि छन् । भौगोलिक विविधता अनुसारको बसोबास गर्नेहरु छन् । भौगोलिक विविधता अनुसारको योजनाहरु बनाएर सिगो प्रदेशलाई जहाँबाट स्रोत परिचालन गर्दा समृद्धि विकाशको ढोका खोल्न सकिन्छ । त्यो गर्ने बाटो खोल्दै यो प्रदेशलाई विकसित तुल्याउनका निमित्त मेरो योगदान हुने छ ।’
प्रदेश सभामुखको अधिकार र काम
प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्ने नेपालको संविधान २०७२ ले गरेको छ । प्रदेशसभा संचालन गर्ने जिम्मेवारी सभामुखको हो ।
प्रदेश सभामुखले प्रदेश सभा कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउने छ । त्यसरी नियमावली नबनेसम्म प्रदेश सभाले आफ्नो कार्यविधि आफैं नियमित गर्ने अधिकार रहेको छ । प्रदेश सभाको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्नका लागि एक सचिवालय रहने संविधानमा व्यवस्था गरेको छ ।

27972347_606656926342061_7676909218626638252_n