धरान  / नेकपा(एमाले) ले राष्ट्रिय अभियानको रुपमा  सञ्चालन गरिरहेको बैतडीको झुलाघाट पाँचथरको चिवाभञ्ज्याङ मध्य पहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत अभियानको १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा जनसभाहुने भएको छ । 

सभाको तयारी अन्तिम अवस्थामा पुगेको जनसभा व्यवस्थापन मुल आयोजक समितिका संयोजक तथा नेकपा उमाले प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेमजोङलेजानकारीदिनु भएको छ । 

बिहीबार धरानमा प्रेस चौतारीका केन्द्र, प्रदेश, जिल्ला र नगरका नेतृत्व र संचारकर्मीमाझ कोशी प्रदेश कमिटीका उहाँले यस्तो जानकारी गराउनु भएको हो । 

विभिन्न उपसमितिले गरिरहेको कामका बारेमा जानकारी गराउँदै नेकपा एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख तिवारीले पार्टीको अभियान ८४ केन्द्रित भन्दा पनि अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पहाडको समृद्धिको खाका र आधार निर्माण रहेको जानकारी दिनु भयो । यो अभियान मध्य पहाड िक्षेत्रका जनताकोभाग्य र भविषयसँग जोडिएको छ ।  । त्यहाँको स्रोत साधानको प्रयोग, स्थानीय उत्पादनमा भएको बजारिकरणका समस्या, सडक, खानेपानी, विजुली लगायतका यावत विषयमा यात्रा भरी छलफल हुने र उनीहरुको समस्या राज्य समक्ष एमालेले पुर्याउने छ । उपाध्यक्ष चेमजोङले भन्नुभयो । जातीय सद्भाव र राष्ट्रिय एकतासँगै पहाडको समृद्धिका लागि एमालेको राष्ट्रिय  अभियान चलाएको उहाँले बताउनु भयो । 

वसन्तपुरमा आयोजना हुने जनसभामा कोशी करिडरका आम जनताको सहभागिता जनसभा आयोजक कमिटीका सहसंयोजक तथा प्रचार विभाग प्रमुख तिवारीले जानकारी दिनु भएको छ । 

नेकपा(एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा ट्रेड युनियन इन्चार्ज भीमज्वाला राईले ट्रेड जिफन्टको तर्फबाट धनकुटाको हिलेलगायतका स्थानमा स्वागतद्वार निर्माण, पार्टी तथा जिफन्टका झण्डा सजाउने साथै पहिचानसहित श्रमिकहरूको सहभागिता बसन्तपुर केन्द्रित गर्ने तयारी रहेको जानकारी दिनु भयो । छलफलमा नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले धरानबाट ११ वटा बसमा ६ सय स्थानीयहरुको सहभागिता हुने जानकारी गराउनु भयो । 

कोशी प्रदेशका तनि स्थानमा जनसभा

प्रचार विभाग प्रमुख तिवारीका अनुसार ओखलढुङगाको हकर्पुरमा ईट गते जनसभा हुदै‌ ५ । उतm सभाकोे संयोजक पार्टी उपसचिव देवान राईले गदैंहुनुहुन्छ । बसन्तपुरको २८ गतेको सभाको संयोजन उपाध्यक्ष्गा चेम्जोङ र पाँचथरमा हुने ३० गते हुने जनसभाको पार्टी सचिव राजकुमार भण्डारीले गदैं हुनुहुन्छ । 

साङ्गठनिक रुपमा १५ हजार नेता कार्यकर्ता सहभागी गराउने नेकपा ९एमाले० कोशी प्रदेश कमिटीले तयारी गरेको छ । वसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेको छ ।

तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएको छ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएको छ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएको नेता तिवारीले जानकारी दिनु भएको छ ।

जनसभामा  कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पारिएको छ । कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बसन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरिने छ । यस्तै स्थानीय दग्द कृषक, अलाइचि कृषकलगायत त्यसक्षेत्रका सरोकारवालाहरुलाई पार्टी नेतृत्वसँग छलफल गराईने कार्यक्रम रहेको छ । 

सभाहरुमा पार्टीका सबै जनसंगठनलाई परिचालन गरिनेछन्, ठाँऊ विशेषका जातीय झाँकीसहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । 

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयमसेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयमसेवकहरु परिचालन हुने स्वयम्सेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिए ।

अभियानको थप प्रचार र जनमानससम्म पुर्याउन शुक्रबार पार्टीको प्रदेशको नेतृत्व र प्रेस चौतारी नेपाल प्रदेश कमिटीविच विराटनगरमा छलफल तय गरिएको छ । यसै गरि अभियानबारे पार्टीले भोली नै पत्रकार सम्मेलनसमेत गर्ने कार्यक्रम रहेको छ । 

छलफलमा उपाध्यक्षा चेम्जोङ, प्रचार विभाग प्रमुख  तिवारी, जन सङ्गठन समन्वय संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई, जनसांस्कृतिक महासङ्घका उपप्रमुख यज्ञकुमारी रुचाल, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा काेशी प्रदेश सहइञ्चार्ज देवेनद्र कार्की, सुनसरी इञ्चार्ज सन्ताेषा काफ्ले, नेकपा एमाले जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, उपमहानगर कमिटि  उपसचिव याेगेस काफ्ले प्रेस चाैतारी प्रदेश सचिव नवराज विष्ट, जिल्लला उपाध्गायक्यषा विकास राई, नगर इञ्तजार्काेज दामाेदर गुरागाईलगायतकाे उपस्थितरहेकाे थियाे ।