धरान /नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले  पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेकाे छ ।

 सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो ।

सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने

पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएकाे संगठनले जनाएकाे छ ।

कमिटीको उपाध्यक्षमा तीलक दर्जी (कप्तान), सचिवमा अनिता श्रेष्ठ, सहसचिवमा सुजन श्रेष्ठ (कप्तान) र कोषाध्यक्षमा महेश साह चयन हुनु भएकाे छ ।

कमिटीका सदस्यहरुमा शंकर नेपाल, पवन न्यौपाने (कप्तान),  सानू राई (कप्तान), मनिष घिमिरे (कप्तान), अनिल सुब्बा, प्रवीण राई (कप्तान) र चेतन राई (कप्तान)  रहनु भएकाे छ ।

कमिटीका सल्लाहकारमा राजेन्द्र कार्की, नवीन पौडेल र विशाल राई रहनु भएकाे छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा विहीबार कमिटी गठन गरिएकाे हाे ।

श्रमिकहरुकाे भौतिक र आर्थिक सुरक्षाका लागि बाेटमा काम गर्ने मजदुरहरूलाई संगठित गरेकाे अध्यक्ष राईले बताउनु भयाे ।

हाल कोसी नदीमा दन्तकाली जलयातायात प्रा.लि., वराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि., वराह जलयातायात प्रा.लि.को जेटबोट सञ्चालनमा छन् । जेटबोटमा  ५० बढी कर्मचारी आश्रित रहेका छन् । १० बढी व्यावसायिक कम्पनीले सन्चालन गरिरहेको जेटबोट प्राविधिक कारणले बन्द छन्