धरान । धरान उपमहानगरपालिका वडा नम्बर ७ का वडावासीले सोमबारदेखि निःशुल्क स्वास्थ्य शिविरद्धारा मुटु,मृगौला,सुगर र पेसर  संबन्धी स्वास्थ्य परिक्षणको लाभ लिइरहेका छन् । 

धरान वडा नं ७ को आयोजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. संजीव शर्माको नेतृत्वमा सन्चालित केएचडिसी कार्यक्रम अन्तरगत उक्त स्वास्थ्य परिक्षणद्धारा  वडाबसीले शिविरको लाभ लिईरहेका हुन् । 

2  2

हरेक विहान ७ बजेदेखि ९ बजे मृगौला रोग, उक्त रक्तचाप, मधुमेह  र मुटुरोग संबन्धी निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श दुई दिन देखि जारीे छ । 

वडाध्यक्ष जीवनराज सुवेदीका अनुसार हिजो (सोमबार) शिविरको पहिलो दिन ९४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराइएको छ भने भने  आज दोश्रो दिन (मंगलबार) पनि स्वास्थ्य जाँच गराइएको थियो । दोश्रो दिन १ सय २ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका छन् । 

वडाध्यक्ष सुवेदीका अनुसार विरामीको चापलाई वढ्दो रहेकाले भोली(बुधबार) पनि स्वास्थ्य शिविर थप गरिएको छ । उहाँले भन्नु भयो, ‘शिविरमा विरामीको चाप वढ्दै गएकाले पुनः थप गरिएको हो,वडावासीको स्वास्थ्य नै धन भएकाले वडावासीकै हितका लागि वीपी प्रतिष्ठानका वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. संजीब शर्माको नेतृत्वमा निशुल्क स्वास्थ्य शिविरको आयोजना वडाले गरेको हो,स्वास्थ्य जाँच गराएर लाभ लिन हुन वडावासीलाई  हार्दिक अनुरोध समेत गर्दछु ।’

शिविरमा आउने विरामीहरुलाई उक्त शिविर मार्फत नै रगत विरामीको संकलन गरेर निःशुल्क रुपमा परिक्षण गर्ने व्यवस्था वडा कार्यालयले गरेको धरान वडा नम्बर ७ की वडा सदस्य रमिता श्रेष्ठले वताउनु भएको छ । 

उहाँका अनुसार स्वास्थ्य चेकजाँचको लागि खाली पेटमा पानी शुद्ध नखाई उपस्थित हुनु पर्ने छ । स्वास्थ्य परिक्षणको रिपोर्टको आधारमा वीपी प्रतिष्ठानका मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा.संजीव शर्माले विरामीलाई स्वास्थ्य उपचारको लागि परामर्श समेत दिइने जनाइएको छ ।