धरान । नेकपा एमाले  पूर्व काेशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नु भएकाे छ ।
कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गर्नु भएकाे छ ।

लिङ्देनले पछिल्लो समय धरान भूगोल केन्द्रीत क्षेत्र बनाउनु भएकाे छ । राप्रपाका धरानका नेता लक्ष्मण बस्नेतले उहाँलाई पार्टी प्रवेशमा सहजिकरण गर्नु भएकाे थियाे । केही दिन अघि बस्नेतले पार्टी अध्यक्ष लिङदेनलाई कार्कीकाे घर मै पुर्याउनु भएकाे थियाे ।

धरान १५ निवासी कार्की लामाे समयदेखि पत्रकारीमा हुनुहुन्छ । पूर्वी नेपालमा लोकप्रिय ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकनशन प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ ।
पछिल्लाे समय  नेकपा एमालेमा सकृय राजनीति गरिरहनु भएकाे थियाे । २०७९ सालकाे प्रतिनीधि सभाकाे निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा एमालेकाे राम्राे पकट हुदाँ हुँदै पार्टीले जसपाका अशाेक राईलाई  निर्वाचन क्षेत्र छाडे पछि उहाँ असन्तुष्ट जनाउदैं पार्टीमा निष्कृय रहनु भएकाे थियाे ।