अछाम । समृद्धिको लागि संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वगत गरिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि संकल्प यात्राको टोली सो स्थानमा पुग्दा ठुलो सङ्ख्यामा स्थानीयले स्वागत गर्नुभएको थियो । एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत गर्न स्थानीय तथा पार्टीका नेता कार्यकर्ता लाम लागेर बस्नुभएको थियो । 

एमालेको टोलीलाई उहाँहरूले माला लगाएर स्वागत गर्नुभएको छ । सो क्रममा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले स्थानीयसँग त्यहाँको वस्तुस्थितिका बारेमा छलफल गर्नुभएको छ । 

नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।