बसन्तपुर । नेकपा(एमाले) ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने नेकपा (एमाले० कोशी प्रदेश कमिटीले जनाएको छ ।  

शनिबार बसन्तपुरमा आयोजना गरेको तयारी बैठकले १५ हजार जनसभागीता गराउने र सभालाई व्यवस्थित गर्न ५ सय स्वयमसेवक परिचालन गर्ने लगायतका निर्णय गरेको नेकपा(एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनु भएको छ ।  

बैठकले बसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेकोछ । तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएको छ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएकोछ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएको छ । 

बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पार्नका लागि नेकपा (एमाले० कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएकोछ ।

कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बसन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरिनेछ । 

तयारी यस्तो छ 

कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेशले तयारी गरेकोछ ।  

हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिनेछन्, ठाँउ विशेषका जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी गराउनु भयो । 

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्या¨लुङ, संक्राति बजार, छातेढुगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयम्सेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयम्सेवकहरु परिचालन हुने स्वयम्सेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिनुभयो ।

यात्रामा स्थानीयका समस्या, पार्टी प्रतिको गुनासो सुनुवाई गरिने छ । पहाडी क्षेत्रका जनताको समस्याबारे सहकार्य गर्न एमालेले यात्रामंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु गरेको छ । शनिवार टोली बाजुरा आइपुगेको छ । टोलीमा एमालेका पदाधिकारी, स्थायी समितिलगायत नेता कार्यकर्ता सहभागी हुनुहुन्छ । 

कुन ठाउँमा कहिले सभा हुदैंछ 

दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभई मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास भएको छ ।  

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईमा जस्तै मध्यपहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलोपटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए । 

 २०६८ मा उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर  अघि बढाइएको थियो ।  १८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्यपहाडी लोकमार्गमा जोडिएको छ ।

पाँचथरको चिवा भञ्ज्याङबाट सुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । 

talika