धरान । विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको आज १९ औं साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधारण सभाको वन्द सत्रद्धारा  पुनः नविन मेन्याङ्बोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । धरान १९ स्थित हरियाली सामुदायिक वनको हलमा भएको  सभाले  उपाध्यक्ष नविन पराजुलीसहित सदस्यहरुमा निर्मल याक्थुम्बा, मन कुमार राई, बिनोद बिश्वकर्मा र भीमराज लिम्बुलाई चयन  हुनु भएकाे छ ।

2  1

त्यसै गरि लेखा समिति  संयोजक लता श्रेष्ठ, सदस्यमा प्रशान्त सुब्बा र गणेशबहादुर बिश्वकर्मालाई चयन गरिएकाे छ । ऋण समितिको संयोजकमा गोविन्दबहादुर सुब्बा र सदस्यहरुमा जमुना थापा चयन हुनु भएको छ । एक जना सदस्य भने चयन गर्न बाँकी रहेको जनाइएको छ । 

बन्द सत्र अघि उद्घाटन सत्रमा संस्थाको आय व्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष एवम् सहकारी अभियान्ता नरेश कुमार इवारम रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि इवारमले सहकारीको मुल्य मान्यतामा आँच आउन नदिनको लागि सहकारीका सम्पुर्ण सदस्यहरुको महत्वपुर्ण भुमिका रहेको वताउनु भएको छ । सहकारीलाई उन्नती र प्रगतिमा लैजानको लागि सवै सदस्यहरुको उतिकै भुमिका भएको भन्दै विजयपुर सहकारीका सम्पुर्ण सदस्यहरुको कारण नै राम्रो प्रगति गरेको प्रति प्रंशसा व्यक्त गर्नु भएको थियो ।

उहाँले भन्नु भयो, ‘अन्य सहकारीको खस्कदो अवस्था आएको समाचारहरु आएपनि यस संस्थामा भने अत्तिनु पर्ने अवस्था छैन,सहकारीलाई अघि वढाउनको लागि अध्यक्षको मात्रै भुमिका नभएर सम्पुर्ण सदस्यहरुकाे सहयोग  जरुरी हुन्छ ।’ 

उक्त कार्यक्रममा सहकारीका संस्थाका अध्यक्ष नविन मेन्याङ्बोले चालू आर्थिक वर्षको विवरण प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । प्रतिवेदनमा १ करोड ६३ लाख ३२ हजार १ सय ५३ रुपैयाँ ६३ पैसाको निक्षेप सङ्कलन गरेको उल्लेख छ । 

3

संस्थाले घरजग्गा धितो कर्जा, हायर पर्चेज कर्जा, व्यवसायिक कर्जा, बचत धितो कर्जालगायतमा लगानी गरेको सहकारीले गत वर्ष ३ करोड ९२ हजार ४ सय ९७ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा २ करोड ९ लाख ९९ हजार ९ सय १ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष मेन्याङ्बोद्धारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

गत वर्ष ८० लाख २३ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाको चालु आर्थिक वर्षमा ८२ लाख २४ हजार ६ सय रुपैयाँ शेयर पुँजी देखिएको छ भने   संस्थाको जगेडा कोषमा भने ५ लाख ८५ हजार ७ सय ९१ रुपैयाँ ८ पैसा रहेको छ ।

कार्यक्रममा अध्यक्ष मेन्याङ्बोले भन्नु भयो, ‘सहकारी संस्था मार्फत लगानी गरिएको कर्जा आर्थिक तरलताको कारण असुली गर्न समस्या भए पनि सहकारीको अवस्था भने मुनाफाको अवस्थामा रहेको छ।आगामी दिनमा सम्पूर्ण सदस्यहरुको साथ र सहयोगले अझै प्रगती गर्न सहयोगको अपेक्षा गर्दछु।’ 

साथै संस्थाले ‘गैर–बैङ्किङ सम्पत्ति व्यवस्थापन सम्बन्धि नीति तथा कार्यविधि र भाका नाघेको कर्जा असुली नीति २०८० पनि उक्त साधारण सभामा प्रस्तुत गरेको छ । संस्थाका कार्य समिति सदस्य विनोद विश्वकर्माले उक्त नीति प्रस्तुत गर्न भएको हो । उहाँले भन्नु भयो, ‘सहकारीमा कर्जा असुली नीति आवस्यक भयो,जस्ले गर्दा कर्जा लिएका सदस्यहरुलाई समेत सहज र नीति मुताविक कर्जा असुली गर्नको लागि यो नीति सहकारीले अवलम्वन गरेको हो ।’ हाल विजयपुर सहकारीमा हाल ६ सय ७२ सेयर सदस्य रहेको जनाइएको छ ।