धरान । आइडियल इंग्लिस बोर्डिङ स्कुल धरान –१४ का  राष्ट्रिय सेवा दल(एनसीसी) तालिम पूर  गरेका विद्यार्थीलाई स्कुलले क्लोज क्याम्पको लागि विदाई गरेको छ । 

2

स्कुलले विशेष विदाई कार्यक्रमको आयोजना गरि ३६ जना छात्रछात्रालाई शुक्रबार विदाई गरेको हो । धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईसहित विद्यार्थीका अभिभावकको उपस्थितीमा विदाई गरेको हो । क्लोज क्याम्पको लागि विद्यार्थीहरु नेपाली सेनाकाे मध्यपूर्वी तालिम शिक्षालय महोत्तरीमा गएर २१ दिन सम्म क्लोज क्याम्पमा सहभागी भई विद्यार्थी दिक्षित भएर आउने स्कुलका प्रधानाध्यापक एवम निर्देशक सागर खड्काले वताउनु भएको छ । उहाँका अनुसार यस अघि  विद्यार्थीले विद्यालय मै ७९ दिन तालिम लिएका थिए । अब २१ दिन सेनाकाे तालिम केन्द्रमा  शैन्य अभ्यास गर्ने छन् ।

404430845_2420326264835164_676991031006259720_n

उहाँले भन्नु भयो,‘ हरेक साल विद्यार्थीहरुलाई सैन्य प्रशिक्षण मार्फत दिक्षित गराउँदै आएका छौ,यो विद्यार्थीको लागि नौलो अनुभव पनि हो , यो वर्ष पनि विद्यार्थी जादैछन् ।’

कार्यक्रमका प्रमुख अतिथी धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले विद्यार्थीलाई विदाई गर्दै शुभकामना दिनु भएको छ । देशका लागि आजको बालबालिका भोलीका कर्णधार हुन,यसर्थ स्कुलले पठन पाठनसँगै यस्तो अभ्यास गराउनु भनेको राम्रो काम भएको भन्दै धन्यवादसमेत दिनु भएको छ ।   

युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले नेपाली सेनाले कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ९० दिने राष्ट्रिय सेवा दल(एनसीसी) तालिम दिदैं आएकाे छ । धरानबाट आइडिय  र सैनिक आवसायी स्कूले छनाैटमा परेका थिए ।