धरान । धरान उपमहानगरपालिकाकाे कार्यपालिका बैठककाे विषयलाई लिएर अफवाह फैलाए पछि नेकपा एमाले धरानको पालिका सभा दल (संसदीय दल) ले नगर कार्यपालिका बैठकबारे दलकाे धारणा र भूमिकाबारे प्रष्ट पारेकाे छ ।

शुक्रबार एमाले पार्टी कार्यालय धरानमा कार्यपालिकाबाट अस्वीकृत निर्णय तथा दलले खेलेकाे भूमिकाबारे जानकारी गराएकाे हाे ।

बराह बचत तथा ऋण सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने प्रस्तावलाई अस्विकृत गरिएको सन्दर्भमा जवाफ दिंदै नेतासंसदीय दलका नेता नरेसकुमार इवारमले नगरप्रमुख र स्थानीय तहले विधि, प्रक्रियाअनुसार अघि बढ्नु पर्ने बताउनु भयाे । बराहलाई सङ्कटग्रस्त घोषणा गर्दा १८ हजार पीडित लगानीकर्ता र वचतकर्ताको भविष्य संकटमा पर्ने बताउनु भयाे  ।

पीडितहरुलाई बढीभन्दा बढी राहत पुग्ने गरी छलफल गर्नु पर्ने भएकाले 'होमवर्क' नपुगेको उहाँले बताउनु भयाे  ।

कानुन मस्यौदा समिति निर्माण नगरी ऐन, कार्यविधि नबनेका कारणले पनि सहकारीप्रति विकराल अवस्था आएको इवारमले उहाँले प्रषट पार्नु भयाे । धरानमा ८० वटा बचत तथा ऋण सहकारी सङ्घ, प्रदेश र स्थानीय सरकारको मातहतमा छन् । तर नगरले सहकारीलाई नियमन गर्ने ठोस नीति निर्माण गर्न नसकेको एमालेको संसदीय दलको भनाइ छ । 

प्रदेश सरकार तथा सङ्घीय सरकारले अभ्यास गरिरहेको कार्यव्यवस्था परामर्श समितिजस्तै नगर कार्यपालिकामा निर्णयार्थ प्रस्ताव पेश गर्नुअघि छलफलका लागि समिति निर्माण गर्ने नगर प्रमुख हर्कराज राईले प्रतिबद्धता जनाए पनि समिति निर्माण हुन नसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

यस्ता छन स्थगन तथा अस्वीकृत प्रस्तातहरू

एमाले  ससदीय दलले कार्यपालिकामा प्रस्तावका रुपमा लगिएको केही बुदाहरु बैठकबाट अस्वीकृत भएको सार्वजनिक गरेको छ ।

बैठकमा बराह बचत तथा ऋण सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने प्रस्तावलाई अस्विकृत गरिएको छ । त्यस्तै  लुम्बिनी गजुरमुखी जेभीलाई मिसगिटी उपलब्ध गराउने विषयसमेत कार्यपालिकाले अस्वीकृत गरेको जनाएकाे छ ।

अस्वीकृत गरिएका अन्य प्रस्तावमा विविध शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिका अध्ययन गर्ने र अर्को बैठकमा पेश गर्ने गरी स्थगत गरिएको दलले जनाएकाे छ । कार्यपालिकाबाट पार्किङ शुल्क ठेक्का लगाइएकाे प्रस्ताव अनुमाेदन नभएकाे दलले जनाएकाे छ । सवारी पार्किङ शुल्क (मोटर साइकल र साना निजी सवारी साधन) उठाउने प्रस्ताव स्थगन गरिएको छ । निजी सवारी साधन सहुलियतको प्रस्ताव स्थगन गरिएको छ भने भारतीय भूपू सैनिकहरुको सामुदायिक भवनको विषयमा सम्बन्धित वडाध्यक्षहरुको उपस्थितिमा निर्णय गर्ने गरी कर्यपालिकाबाट स्थगन गरिएको जनाएकाे छ ।

तिहारकाे अघिल्लाे दिन उपमहानगरले पार्किङ शुल्क उठाउन ठेक्का लगाएकाे  निर्णय जारी गरेकाे थियाे । यशस विषयमा नेकपा एमाले नगर कमिटी तथा धरानवासीले चर्काे आलाेचना गर्दा  मेयर उपमेयरले नगरसभामा एमालेकाे सहमतिमा निर्यण भएकाे भनेर सामाजिक संजालबाट सार्वजनिक गरिएकाे थियाे । कर सबैकाे सहमतिमा बढे पनि ठेक्का लगाउने विषयमा कार्यपालिकामा कुनै प्रस्ताव नै नगरिएकाले  पार्किङ शुल्ककाे प्रस्ताव स्थगन गरिएकाे नेता इवारामले जानकारी दिनु भयाे ।

दलले आगामी दिनमा कार्यपालिकाका सबै निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएको छ । पार्टीले व्यवस्थित रूप जनताका गुनासा र जिज्ञासालाई सम्बोधन गर्ने नीति लिएको बताएको छ ।