नयाँदिल्ली। भारतको दक्षिणी शहर बेङ्लोरका दर्जनौँ विद्यालयमा बम राख्ने धम्की आएपछि विद्यालय प्रशासनले विद्यार्थीलाई विद्यालयबाट बाहिर नै प्रहरी बोलाई खानतलासी गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

इमेलबाट प्राप्त धम्कीमा विद्यालय परिसरमा विष्फोटक पदार्थ राखिएको दाबी गरिएको छ ।

प्रहरीले बम डिस्पोजल टाली र तालिमप्राप्त कुकुरलाई विद्यालयमा खटाएको छ ।

यद्यपि, अहिलेसम्म कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको र प्रहरीका अनुसार धम्की झुटो भएको देखिन्छ । एक स्थानीय टेलिभिजन च्यानलका अनुसार करिब ६० वटा विद्यालयलाई धम्कीपूर्ण इमेल प्राप्त भएको छ ।

पाँच हजारभन्दा बढी बालबालिकालाई घर फर्कनेलगायतका धम्कीका कारण आपतकालीन कदम चाल्न बाध्य पारिएको समाचारमा जनाइएको छ । धम्की नपाएका विद्यालयले समेत अभिभावकलाई आफ्ना छोराछोरीलाई घर लैजान अनुमति दिएका थिए ।

स्थानीय सरकारले इमेलको स्रोत पुष्टि गरिरहेको र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ ।एएफपी