धरान । आज विश्व एड्स दिवस, देशैभर यो दिवसलाई मनाईदैछ। दिवस मनाई रहँदा एचआइभी संक्रमतिहरुले शिक्षा, स्वास्थ्य ,रोजगारी र अवसरको निम्ति सरकारले वजेट र कोटाको व्यवस्था गरिनु पर्ने माग गरेका छन ् । 

संक्रमतिहरुको परिवार जीविकोपार्जन गर्नको निम्ति असहज भएको भन्दै सरकारसमक्ष उक्त माग गरेका हुन् ।संक्रमतिहरुको बालबालिकालाई शिक्षाबाट वन्चित हुन नदिनको लागि सरकारले छ्ट्ट बजेटको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । 

संक्रमितका छोराछोरीको लागि पठन पाठन गराउनको लागि आर्थिक अभावका कारण शिक्षाबाट वन्चित हुनु परेको भन्दै संक्रमतिका परिवारले सरकारले शिक्षाको लागि छुट्टै वजेटको व्यवस्था हुनु पर्ने सुनसरीको धरानमा आयोजित पत्रकारहरुसँगको छलफलमा उक्त माग गरेका हुन् ।विहीबार स्केल इनिसीएटिभ युनएनडीपी परियोजनाको सहयोग र राष्ट्रिय एचआइभी(एड्स) महासंघ कोशी प्रदेश कार्यालयको आयोजनामा भएको पत्रकारहरुसँगको छलफलमा सहभागिहरुले संक्रमितका छोराछोरीलाई शिक्षा दिन आर्थिक समस्या भएको कारण शिक्षाबाट वन्चित हुनु परेको गुनासो गरेका छन् । 

छलफलमा सहभागी एक पुरुषले संक्रमितका छोराछोरीलाई विद्यालयमा आर्थिक अभावको कारण पढ्न नपाएको भन्दै सरकारसमक्ष शिक्षाको लागि छुट्ट्ै वजेटको व्यवस्था गरेर शिक्षाबाट वन्चित हुन नदिन माग गर्नु भएको छ । उहाँले भन्नु भयो,‘हाम्रो छोराछोरीलाई पढाउनको लागि मुख्य त आर्थिक समस्या नै हो,आर्थिक अभावका कारण वीचमा नै पढाई छोड्नु पर्ने वाध्यता आएको छ,त्यसैले सरकारले अव हाम्रो छोराछोरीको निम्ति वजेटको व्यवस्था गरिदियो भने शिक्षा पाउने थिए।’

अर्का सहभागीले पढ्नको लागि विद्यालयमा छोराछोरीलाई विभेदको शिकार समेत हुनु परेको वताउनु भएको छ । उहाँले भन्नु भयो,‘सचेतना कार्यक्रमहरु लगायतले केही हद सम्म समाजमा अन्तरघुलन हुन सजिलो भएको छ,तर अझै पनि सामाजिक प्राणी भएर आफुहरुलाई वाँच्नको लागि समस्या नै रहेको छ,त्यो शिक्षा क्षेत्रमा पनि हाम्रो बालबालिकाले उत्तिकै विभेदको शिकार हुनु परेको छ ।’

राष्ट्रिय एचआइभी(एड्स) महासंघ कोशी प्रदेशका अध्यक्ष रोमन कुमार राईका अनुसार अझै पनि विद्यालयमा गरिने व्यवहारमा समस्या हुने गरेको वताउनु भएको छ ।राईले अझै पनि विद्यालयमा संक्रमति भएका बालबालिकालाई विद्यालयबाट निकाल्ने गरेको दुखदायी अवस्था भएको वताउनु भएको छ । उहाँले भन्नु भयो,‘धरानमा नै पनि त्यस्ता घट्नाहरु भएका छन्,हाम्रो मध्यस्ताकर्ताको पहलमा त्यस्ता समस्या भएका विद्यालयमा गएर पुनः विद्यार्थीलाई पढ्ने वातावरण वनाएका छौ।’

सुनसरीमा २८ जना एचआइभी संक्रमति रहेका छन भने धरानमा मात्रै ४ जना बालबालिका संक्रमति रहेको तथ्याँक छ । सुनसरी जिल्लामा नै संक्रमतिको सख्या १८ सय छ भने पत्ता लागेको सख्या १७ सय ५९  जना छन । त्यसै गरि धरानको अवस्था भने जम्मा १५ सय जनामा छ र पत्ता लागेको संख्या भने १४ सय ८४ जना रहेको वताइएको छ । 

सरकारले शिक्षा,स्वास्थ्य र रोजगारी सहित अवसरमा पनि विभेद गर्ने गरेको सहभागिहरुले वताएका छन् । सरकारले निशुल्क औषधीको व्यवस्था गरेको भएपनि स्वास्थ्यकर्मीबाट नै पनि विभेद हुनु परेको भन्दै आफुहरुलाई अरु सरह नै उपचार गर्दा व्यवहार हुनु पर्ने माग गरेका छन् । संक्रमितहरुले राज्यले शिक्षा ,स्वास्थ्य सहित रोजगारीको लागि छुट्टै कोटाको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।