धरान। इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खड्का भएकाे स्थानीयले बताएका छन् ।

उहाँलाई बुधबार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ । केही दिनदेखि साे क्षेत्रमा हातीकाे उपद्राे बढेकाे छ ।