काठमाडौँ ।रुसी युक्रेन युद्धमा परेर नेपालका चार जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका चार जना नेपालीको मृत्यु भएको जनाइएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । रुसी सेनामा चार नेपाली मारिएको खबर बाहिरिएको भए पनि त्यहाँस्थित नेपाली दूतावासले भने तीन जनाको मृत्यु मात्र पुष्टि गरेको छ ।
फायल तस्वीर