सुदुर पश्चिम। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले मध्य पहाडी क्षेत्रका जनताकाे आर्थिक सामाजिक समस्याबारे बहस र छलफल गर्न बैतडीकाे झुलाघाटबाट अभियान सुरू गरिएकाे बताउनु भएकाे छ ।

प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटीकाे दार्चुलाकाे सदरमुकाम खलङगामा मंगलबार उद्घाटन गर्दै नेता गाैतमले जनताका समस्या बुझ्न एमाले गाउँ अभियानमा निस्किएकाे बताउनु भएकाे छ । मध्य पहाडी लाेकमार्गमा थालिएकाे अभियानमा एमालेले स्थानीय जनतासँग छलफल, उनीहरूकाे सराेकारका विषयमा छलफल, स्वास्थ्य, कृषीलगायत आर्थिक सामाजिक पक्षबारे घनिभुत छलफल हुने उहाँले बताउनु भयाे ।

मुलुकमा स्थिरताकाे खतरा बढेकाे बताउनु भएकाे छ । एउटा व्यक्तिकाे कमजाेरीका कारण राज्य प्रणालीकाे विषयमा जनताले प्रश्न उठाईरहेकाे बताउनु भएकाे छ । त्यसप्रति सरकार जिम्मेवार नभए मुलुक खतरामा पर्ने उहाँकाे भनाई छ । 'गठबन्धनकाे सरकारका कारण आर्थिक संकट बढेर गएकाे छ । दिनानुदिन आर्थिक मन्दी बढेकाे छ ।' उहाँले भन्नू भयाे- 'याे राष्ट्रिय संकटकाे संकेत हाे । सीमाकाे मुद्धा पनि उठिरहेकाछन् । तर गठबन्धन सरकार जिम्मेवार भएन ।'

आेम पर्वत भएकाे भूमी, कालापानी लिपुलेक भएकाे भूमीबाट एमालेले थालेकाे अभियानले शुभसंकेत गर्ने नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा पूर्व मन्त्री ठगुनाले बताउनु भयाे । उहाँ टिङ्कर नाका संचालन, दार्चुला सदरमुकाकाे सडक राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रूपमा अघि बढाउन प्रेस चाैतारीले भूमीका खेल्न उहाँले आग्रह गर्नु भयाे । मध्यपहाडी क्षेत्रका बासिन्दा पलायन बढेकाे छ । त्याे पलायन राेक्न एमालेकाे बैतडीकाे झुलाघाटदेखि पाँचथरकाे चिवाभञ्ज्याङ समृद्धिकाे यात्राले काेशेढुङगाे सावित हुने उहाँले बताउनु भयाे ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सदुरपश्चिम प्रदेश इञ्चार्ज कमला बाेहाेराले एमालेकाे अभियानले पहाडी क्षेत्रका जनतालाई राहत पुग्ने बताउनु भएकाे छ । एमालेकाे बैतडीकाे झुलाघाटदेखि पाँचथरकाे चिवाभञ्ज्याङ समृद्धिकाे यात्रा कार्यक्रम यही मंसिर १४ गतेदेखि सुरू हुदैंछ । यसकाे उद्घाटन झुलाघाटबाट पार्टी अध्यक्ष केपी आेलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतकाे अध्यक्षतामा भएकाे बैठकमा आगामी नेपाल पत्रकार महासंघकाे निर्वाचन, एमालेकाे यात्रा अभियानबारे छलफल भएकाे थियाे । बैठकले १५ बुँदे दार्चुला घाेषणा पत्र समेत जारी गरेकाे छ ।