काठमाडौँ । रूसी सेनामा भर्ना भएका  दोलखा घर भएका राजकुमार रोक्काको रुसी युक्रेन युद्धमा परी मृत्यु भएको छ । 

आइतबार रसिया र युक्रेनको भिडन्त भएको थियो । सेनामा कार्यरत मृतक रोक्काको साथी प्रदीपकुमार गिरीका अनुसार रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना हुनु भएको थियो ्  ।उहाँको मृत्युबारे थप विवरण आउन प्राप्त हुन बाँकी नै छ ।

नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन जानु भएको थियो ।  यसअघि रुसी सेनामै भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको थियो । युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा केही महिनाअगाडि मात्र नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिनु भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गरिरहेका छन् । केही समयअगाडि मात्र सन्दीपले आफ्नी बहिनी शान्तालाई आफू रुसी सेनामा भर्ती भएको खबर सुनाउनु भएकाे थियाे ।  नेपालमा ल्याब टेक्निसियन पढेका उनी लामो समय जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस जानु भएकाे थियाे ।

सन्दीपलाई रुसी सेनामा महिनाको ७५ हजार रुबल अर्थात् नेपालको झण्डै एक लाख रुपैयाँ तलब दिने बताइएको थियो । अन्तिम पटक उहाँले परिवारलाई युद्धमा भएकाले पछि फोन गर्ने बताउनु भएको थियो । त्यसपछि उहाँ बाख्मुतको युद्धमा मारिनु भयो । न्युयोर्क टाइम्सका अनुसार सन्दीप जस्ता नेपाली युवाहरू रुस र युक्रेन दुवैतर्फका सेना बनेका छन्  । 

फायल तस्वीर