धरान । चौविसे समाज हङकङले धनकुटाको डाँडाबजार स्थित भानुस्मृति माध्यमिक विद्यालयलाई २१ लाख मूल्य बराबरको ३ रोपनी १० आना १ दाम जग्गा खरिद गरी हस्तान्तरण गरेको छ ।

माध्यामिक तहसम्म पढाई भइरहेको सो स्कुलमा ११–१२ सहित कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि चौबिसे समाजले जग्गा प्रदान गरेको हो ।

370137212_1452804791969228_326117545188325991_n

समाजले हङकङमा सङ्कलन गरेको रकम मध्ये २१ लाख रुपैयाँमा जग्गा खरिद गरी बाँकी बचेको ७ लाख रुपैयाँ विद्यालय कै नाममा अक्षयकोष स्थापना गरिदिएको छ ।समाजले आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर सहयोगको वारेमा जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा सागुरिगढि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाल राईले समाजलाई गरेको सहयोगको प्रसंशा व्यक्त गर्दै गाउmपालिकाले कलेज निर्माणका लागि थप पहल गरिरहेको वताउनु भएको छ । एक पालिका एक स्नातक तहको योजना अन्तर्गत सो विद्यालयले वनाउन लागिएको पनि जानकारी दिनु भयो । 

प्रधानाध्यापक यज्ञबहादुर लिम्बूले स्कुलले जतिसुकै धन्यवाद ज्ञापन गरेपनि समाजले गरेको सहयोगको प्रसंशा अपुरै हुने वताउँदै व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमलाई जग्गाको कागजात, अक्षयकोष संयुक्त रूपमा हस्तान्तरण गरेको छ ।

सहयोग संकलन समितिका संयोजक तथा चौविसे समाज हङकङका अध्यक्ष निरप्रसाद लिम्वुका अनुसार डाँडा बजारका स्थानीय विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न सधैँ धरान, धनकुटा झर्नुपर्ने बाध्यता छ । उनीहरूलाई घरकै गाँस बास खाएर पढ्न पाउने व्यवस्थाको लागि सहयोग चलाइएको अभियान सफल भएको छ ।

उहाँका अनुसार ७ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट आएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिने छ । चौबिसे समाज हङकङद्वारा जग्गा दान र परोपकारी कोषमामा ४० जना दाताहरूले आर्थिक सहयोग गरेका हुन् ।

दाताहरूमा पदम बहादुर याखा, सीपीएल निर प्रसाद चोबेगु, खगेन्द्र लिम्बु,चन्द्र कुमार चोबेगु,सन्तोष कुमार चोबेगु, सुरेन दिवान,डिल्ली याखा, मोहन प्रसाद चोबेगु ,आशा सुहाङ लिम्बु छन् ।


साथै इन्द्र दिवान, पदम सन्योक, लक्ष्मी सन्योक, मोहन सन्योक,उन्बक सन्योक,खसेन्द्र चोबेगु , रमेश थापा मगर , फुलकुमारी याखा राई, निलु याखा राई, जासुदा खजुम लिम्बु, देवी खजुम लिम्बु, उमा खजुम लिम्बु, बालकृष्ण दिवान ,निरबहादुर तुम्बापु लिम्बु , खड्ग राज दिवान, गोविन्द संगसन राई, सन्योक लिम्बु दाता रहेका छन् ।

यस्तै भक्त चोङहाङ लिम्बु, इवाहाङ लिम्बु, ललित चेम्जोङ, देशबहादुर इवाहाङ, रमेश कुमार राई, इन्द्रबहादुर गुरुङ, दुर्गा मनिका राई, कुमारी लिम्बु, मदन राई, चन्द्र गुरुङ, केशरबहादुर थापा, ज्ञानबहादुर गुरुङ, विकास वनेम लिम्बुले दाताका रूपमा रहेका छन् ।

युवा समाजसेवी श्रीसुव्वाले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिको लागि गरेको लगानी र सेवाले अन्य सहयोगीहरुलाई पनि थप हौसला मिल्ने वताउनु भयो ।भानुस्मृति माविमा उच्च शिक्षा सञ्चालन गर्न २०५२ साल देखी प्रयास भइरहेको थियो ।स्कुलमा हाल प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियर, व्यवस्थापन र शिक्षा संकायको पढाई हुदै आएको छ ।