बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ ।
यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन् । यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताउनु भयो । उहाले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए । फेङले मुलुकमा औषधि आपूर्तिको ग्यारेन्टी हुनुपर्ने र उपचारको सुविधा बढाउनुपर्ने बताउनु भएको छ ।
स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी बालबालिकाहरु यो रोगको जोखिममा रहेको बताउनु भएको छ । यस्तो अवस्थामा अभिभावकले छोराछोरीको उपचारका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित लिओनिङ प्रान्तका बालबालिकाहरू तीव्र गतिमा बिरामी परिरहेका छन् । चीनमा फैलिएको रोगबारे डब्ल्यूएचओले यो वर्ष रोगको स्तर उच्च भए पनि जाडोमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्नु अस्वाभाविक नभएको बताएको छ ।
संयुक्त राष्ट्र एजेन्सीले मानिसहरूलाई जोखिम कम गर्न आधारभूत सावधानी अपनाउन सल्लाह दिएको छ । साथै वर्तमान परिस्थितिका आधारमा कुनै पनि यात्रा प्रतिबन्धको आवश्यकता नरहेको बताए । उल्लेखनीय छ कि चीनमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगका कारण चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । यो रोगको समयमा बालबालिकामा फोक्सोमा जलन हुने, उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने गरेको छ । एजेन्सी