धरान ।पुरानो प्रगतिशील कलाकार धरान –१६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यम मृत्यु भएको छ। तिम्सिनाको उपचारको क्रममा हिजो विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ ।

कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्था विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो । घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् ।  मृतकको टाउको,छाती र खुट्टामा गहिरो चोट लागेको छ । श्रीमती र दुई छोरी सहित तिम्सिना पछिल्लो समय झापाको दमकमा होटल व्यवसाय गर्दै आउनु भएको थियो । 

धरान –१६ का पूर्व वडाध्यक्ष एवम् सहोदर मामा राम घिमिरेका अनुसार मृत्यु रहस्यमय भएको वताउनु भएको छ । कार्तिक १७ गते घट्ना हुनु र अहिले सम्म वास्तविक रहस्य पत्ता लाग्न नसक्नु नै मृत्यु रहस्यमय भएको वताउनु भएको हो । वास्तविक घट्नाको छानवीन र दोषी पत्ता लगाएर कानुन कार्वाही गर्न प्रहरी प्रशासनलाई घिमिरेले माग गर्नु भएको छ ।

परिवारजनले जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारको तर्फबाट उजुरी समेत दिएको तर हाल सम्म घट्नाको वास्तविकता प्रहरीे प्रशासनले पनि पत्ता लगाउन सकिरहेको छैन । घिमिरेले भन्नु भयो,‘अहिले हामी दुखद घडिमा छौ,पारिवारिक रुपमा पनि कसरी अघि वढ्ने भनेर सरसल्लाह गरि नै रहेका छौ,यतिका वेला सम्म दोषी पत्ता लगाउन नसक्नु कमजोरी देखिन्छ,मृत्यु शंकास्पद नै हो,प्रहरी प्रशासनले दोषी चाँडो पत्ता लगाउनु पर्छ,अहिलेको समयमा  प्रविधिको जमना छ,सिसि क्यामेरा,मोवाइलको अनुसन्धानबाट पनि बास्तविकता पत्ता लगाउन सक्छ तर घट्नाको गहिरो अनुसन्धान हुन नसक्नु कमजोरी हो । ’ 

दमक प्रहरीले भने मृतकको परिवारबाट जाहेरी आएको र घट्नाको वास्तविकता संवन्धी थप अनुसन्धान जारी रहेको वताएको छ ।प्रहरीलाई कार्तिक १७ गते वेलुकी ९ वजे साथी मार्फत खबर आएको र साथीले नै उपचारको लागि अस्पताल पु¥याएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना भएको भनेर परिवारजनले जाहेरी दिएको वताइएको छ । 

परिवारजनले हिजो मृतकको शव वुझेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखी आज शव वुझेर अन्येष्टि गर्ने भएको छ ।शव पोष्टमार्टम पछि परिवारजनले अन्येष्टिको तयारी गरेका हुन् ।उहाँ प्रगतिशील कलाकारहरुको हिमायती जन साँस्कृतिक समुहमा शुरुवाती दिन देखि नै आवद्ध रहनु भएको थियो भने धरानको कला   संस्कृति जगेर्ना सम्मानका लागि उहाँको देन रहेको छ ।

साविकको साविकको पाँचकन्या,विष्णुपादुका,मोरंगको केराबारी लगायत पुर्वको विभिन्न स्थानमा नृत्य निर्देशन र विभिन्न प्रगतिशील नाटकमा समेत अभियन गर्नु भएको थियो ।