धरान । आमालाई अपशव्द बाेलेपछि विवाद हुँदा आज धरानमा दुई जना साथी साथीवीच खुकुरी हाना भएको छ ।खुकुरी हानाहान हुँदा दुर्वै जना सख्त घाइते भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । 

 धरान –१६ गणेशमान चोकका १६ बर्षिया सोहिल श्रेष्ठ र उनकै साथी धरान ३ का १६ बर्षिया सुजल सुन्दासवीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ  । धरानको मध्यान्ह १२ बजेतिर सिंह देबीचोकमा श्रेष्ठले  सुन्दासको आफ्नी आमालाई अपशव्द वालेपछि विवाद शुरु भएको थियो ।  आमालाई गाली गलौज गरेपछि दुबै साथिबिच विवाद हुँदा श्रेष्ठले खुकुरी झोलाबाट झिकेर टाउकोमा हिर्काएका थिए । सुन्दासले पनि साथीले हानेको खुकुरी खोसेर श्रेष्ठमाथि प्रहार गरेपछि दुर्व जना घाइते छन् ।  

उनिहरु दुबै जनाको टाउको,कान मुनि र दाहिने हातको पातामा गहिरो चोट लागेको छ ।  उक्त घाट्नाका गाईते दुबैको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ भने झगडा गर्ने दुबै लाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर प्रहरी निगरानीमा नै उपचार भइरहेको छ ।