धरान । बीपी कोइराला स्वास्थ्य विज्ञिान प्रतिष्ठान धरानको हाता भित्र रहेको अस्पतालमा उत्पादित फोहर नष्ट गर्ने मेशिन इन्सिनेरेटर रहेको आसपास फोहरका डंगुर र यत्रतत्र फोहर छरिएको भए पनि त्यसतर्फ प्रतिष्ठानको ध्यान नजाँदा वरिपरी दुर्गन्धित भएको छ ।  

इन्सिनेरेटर मेशिन करिव ६ महिनादेखि बिग्रिएपछि मेशिनको आसपास फोहरहरु जम्मा गरेर जंगलमा लगेर जलाउने गरिएको भए पनि फोहरको डंगुर हुँदा पनि प्रतिष्ठानले त्यसको व्यवस्थापन समयमै नहुँदा फोहरहरु यत्रतत्र छरिएको छ । यसरी फोहोरले अस्पताल परिसर दुर्गन्धित हुँदासमेत प्रतिष्ठान प्रशासन भने कानमा तेल हालेर बसेको  छ ।

अस्पतालबाट उत्पादिन हुने फोहरहरु प्रसूति गृहबाट निस्किएका बच्चाका सालनाल, शल्यक्रिया गरेर फालिएका अंगहरु, सिरिन्जलगायतका फोहरहरु थुपारिएकाछन् । अस्पतालजन्य फा्ेहोर मानव स्वास्थ्यका लागि अत्यन्त हानीकारक मानिन्छ । 

फोहर थुपारिएको भए पनि उचित घेराबारा र सुरक्षित नगरिदा कुकुर लगायतका जनावरहरुले खोतल्ने र दुर्गन्ध फैलिने सम्भावना रहेकोछ । इन्सिनेरेटर मेशिन रहेको नजिकै थेरापी सेन्टर र धर्मशाला समेत रहेकोछ ।  त्यहाँ विरामीहरुको नियमित आवतजावत हुने गरेको छ । 

बेला बेलामा ति फोहरहरु नष्ट गर्न जंगलमा लाने क्रममा समेत त्यहाँ कार्यरत सफाइ मजदुरहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री समेत उपलब्ध नगराई काममा लगाउने गरिएको सफाई मजदुरहरुले गुनासो गरेका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता समस्या सुल्झाउन अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले तत्काल समस्या सुल्झाउन आग्रहसमेत गर्नु भयो । उहाँले  प्रतिषाठानकाे फाेहाेर सम्याबारे समाजिक सञ्जाल मै पाेष्ट गर्नु भएकाे छ । 

प्रदेश सभा सदस्य रमेश बस्नेतले बारम्वार विपी प्रतिष्ठानको समस्याबार सदनदखि सडकसम्म आवजा उठाउदैं आएको बताउनु भएको छ । अस्पताल प्रशासन जिम्मेवार भएर यहाँको फोहोर लगायतका समस्या समाधान गर्नु पर्ने बताउनु भयो । 

यस विषयमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायाणले मेसिन विग्रिएको बारे आफुलाई जानकारी नभएको बताउनु भयो । यस बारे बुझेर समस्या समाधान गर्ने बताउनु भएको छ ।  

bp fohor1