काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराएका छन् । 
 राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।
        
                    
        
        
        
        


        
        
        
        
        














