• रणध्वज लाेहार

धरान । धरान उपमहानगरपालिका वडा नम्बर ९ का जेष्ठ नागरिकलाई लक्षित गरि स्थापना भएको जेष्ठ नागरिक सेवा केन्द्र व्यवस्थित रुपमा संचालन हुन नसक्दा त्यसको मार भने जेष्ठ नागरिकलाई परेको छ । 

वडाका जनप्रतिनिधी र सेवा केन्द्रका पदाधिकारीवीच आपसी समन्वयको अभावमा भने त्यसको मार जेष्ठ नागरिकलाई परेको हो ।  जेष्ठ नागरिक समाजका अगुवा तथा मार्गदशृक भएका कारण सरकारले उनीहरुको लागि मनोरञ्जन तथा विभिन्न कार्यक्रमहरु स्थानीय सरकार मार्फत उपलब्द गराउदैं आएको छ । तर अघिल्लो कार्यकालमाबनेको समिति र हालका वडा समितिविचको समन्वयको अभावमा जेष्ठ नागरिकका लागि कुनै कार्यक्रमहरु हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गदैं आउनु भएको छ ।   

तत्कालिन जनप्रतिनिधीले वडाका जेष्ठ नागरिकको हकहित र मनोरञ्जका लागि लागि भनेर उक्त सेवा केन्द्र २०७८ साल चैत्र १७ गतदेखि सञ्चालनमा आएको थियो । स्थानीय रामकुमार दासको संयोजकत्वमा सेवा केन्द्र स्थापना गरिएको थियो । बँगैचा लाइनमा कोठा भाडामा लिएर वडाका जेष्ठ नागरिकहरुको सेवाको लागि सञ्चालनमा ल्याइएको थियो । कोठाभाडा बापत वडा कार्यालयले नै मासिक ४ हजार रुपैयाँ वुझाउँदै आएको थियो । 

सेवा केन्द्रकाे कार्यालयबारे जेष्ठ नागरिक बेखवर

जेष्ठ नागरिक सेवा केन्द्र हाल आएर धरान–९ स्थित आचार्य लाइनको घरमा सारिएको भए पनि संयोजक दासको समितिलाई भने थाहा छैन् । उहाँले कार्यालय कहाँ भएको, के कार्यक्रम हुदैं आफुलाई थाहानभएको बताउनु भएको छ । नव निर्वाचित जनप्रतिनिधी आएपछि सेवा केन्द्रको कोठा भाडा वुझाउन केही महिना लागेपछि पुराना स्थानबाट सामान सहित धरान –९ स्थित आचार्य लाइनमा स्थानान्तरण गरिएको समितिले दावी गरेको छ । केन्द्रको कुर्सी,दराज ,टेवल सहित हारमुनियमलगायतको सामाग्री हाल किरण कार्कीको घरमा कोठा भाडामा नै लिएर राखिएको छ । त्यहाँ जेष्ठ नागरिकको कार्यालय मात्रै होइन वडा कार्यालयले आधारभुत स्वास्थ्य केन्द्र पनि सन्चालनमा ल्याएको पाइएको छ । उक्त स्थानमा पहिले उपामहानगर सामाजिक विकास शाखाले उपलब्द गराएका समाग्री थन्काएर कोठामा राखिएको पाइएको छ । गतिविधी भने शुन्य छ । 

वडाध्यक्ष रुपेश आचार्यले आधारभुत स्वास्थ्य केन्द्र सँगै जेष्ठ नागरिक सेवाकेन्द्र राखिएको बताउनु भएको छ । स्टोरसहिर सहित ३ वटा कोठा भाडामा लिएको छ । वडा कार्यालय मार्फत कोठा भाडा पनि भुक्तानी गर्ने गरेको छ । तर जेष्ठ नागरिक सेवा केन्द्रका पदाधिकारी र हालका जनप्रतिनिधीवीच आपसी दुरी वढेपछि कार्यलयबारे बेखवर छन् । 

heath post 9वडा नम्बर ९ का वडाध्यक्ष रुपेश आचार्यले भने बगैचा लाइनमा रहेको घरमा कोठा भाडा तिर्नको लागि धरधनीले पटक पटक ताकेता गरेपछि सामानको सुरक्षा र केन्द्र सन्चालनलाई सहज वनाउनको निम्ति कोठा स्थानान्तर गरिएको वताउनु भएको छ । आफु निर्वाचित भएर आएपछि वडाको प्रक्रियागत रुपमा भाडा भुक्तानी गर्नको लागि केही समय ढिलाई भएको र घरधनीले पनि सामान झिक्न दवाव दिएपछि त्यहाँबाट कोठा सारिएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो ,‘सामानहरु वेवारिसे भए,कोही कसैले खोजी गर्न आएनन्,केन्द्र सन्चालनकै लागि भनेर हाल आधारभुत स्वास्थ्य केन्द्र सहित जेष्ठ नागरिक सेवा केन्द्रको लागि पनि कोठा लिइएको हो,तर अहिले सम्म केन्द्रका पदाधिकारी सम्पर्कमा आउनु भएको छैन।’उहाँका अनुसार उक्त स्थानमा वडा कार्यालय ३ वटा कोठा र कार्यक्रम गर्नको निम्ति स्थानसहितको व्यवस्था मिलाइएको दावी गनुृ भयो । 

वडाले मासिक ३ वटा कोठाको कर सहित १२ हजार रुपैयाँ भाडा भुक्तानी गदैं आएको छ । स्वास्थ्य केन्द्रको पनि जेष्ठ नागरिक सेवा केन्द्रकै बजेटबाट भाडा भुक्तानी भएको पाइएको छ ।   महिला बालबालिका तथा जेष्ठ नागरिकको कार्यक्रम पनि सन्चालन हुँदै आएका छन् तर केन्द्रका पदाधिकारीहरु सम्पर्कमा नआउँदा समस्या भएको वडाध्यक्ष आचार्यले दावी गर्नु भयो ।   

जेष्ठ नागरिकको लागि कार्यक्रम सन्चालनको लागि सर सल्लाह  र छलफलको निम्ति हालसम्म कोही नआएकाले कार्यक्रमहरु संचालन हुन नसकेको वडाध्यक्ष आचार्य बताउनु हुन्छ ।      

केन्द्रका अध्यक्ष राम कुमार दासले भने केन्द्र सन्चालनको विषयमा आफु अध्यक्ष भए पनि केही थाहा नभएको वताउनु भएको छ । उहाँका अनुसार केन्द्रको अन्तिम वैठक २०८० साल वैशाख ५ गते वसेको छ भने अहिले सम्म वैठक वस्न सकेको छैन । अध्यक्ष दासले भन्नु भयो,सेवा केन्द्र स्थापना भएपछि सन्चालन गर्नको लागि धेरेै दुख गरियो,सर सामान जोडिएको छ,कोठा भाडामा लिएर सन्चालनमा थियो,नयाँ जनप्रतिनिधी आएपछि सामानहरु त्यहाँबाट निकालियो,म अध्यक्ष भएको हैसियतले दराजको चाबी अझै मसँगै छ तर मलाई अहिले सम्म कुनै जानकारी नै छैन।

जेष्ठ  नागरिक सेवा केन्द्रको नयाँ कार्य समिती वनाएको भएपनि पुरानो कार्य समितीलाई विधिवत रुपमा विघटन गरिनु पर्छ तर त्यो नगरिएको अध्यक्ष दासको भनाई छ । सेवा केन्द्र सन्चालनमा छैन तर कोठा भाडा वापतको रकम भने वडा कार्यालयले वुझाउँदै आएको सुन्दैछु,खै म पनि अचम्म लागेको छ, उहाँले भन्नु भयो । 

तत्कालिन वडाध्यक्ष रत्न बहादुर कटवालले पनि जेष्ठ नागरिकको सेवा केन्द्र वेवारिसे हुँदा दुख लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो,‘जेष्ठ नागरिकको सेवा केन्द्र सन्चालनको लागि समस्या देखिएको छ,पुरानो पदाधिकारी नै वेखर छन्, यो दुःख लाग्दो कुरा हो,जेष्ठ नागरिक पनि चनाखो हुन आग्रह गर्दछु ।’

जेष्ठ नागरिकको लागि भनेर सामानको लागि धरान उपमहानगरपालिकाको सामाजिक शाखासँग समवन्य गरि वडा मार्फत उपलव्ध भएको र केन्द्र अहिले वेवारिसे जस्तै भएको छ,अहिलेको नेतृत्वले चाँडो ध्यान दिनु पर्छ,कटवालले भन्नु भयो । 

कार्यालयको खोजी भए पछि बोर्ड राखियो

जेष्ठ नागरिक सेवा केन्द्रबारे खोजी हुन थाले पछि वडा कार्यालयले आधारभुत स्वास्थ्य केन्द्रसँगै अर्को बोर्ड राखेको छ । आइतबार कार्यालयको खोजीमा विजयपुर खवरको टिम आधारभुत स्वास्थ्य केन्द्र पुग्दा स्वास्थ्य केन्द्रको मात्र बोर्ड झुण्डिएको थियो । छठैकोविदा भएकाले कार्यालय हेर्नपाइएन । तर मंगलबार भने आधारभुत स्वास्थ्य केन्द्र सँगै जेष्ठ नागरिक सेवा केन्द्रको पनि बोर्ड झुण्डाइएको पाइएको छ ।   बोर्ड समेत नराखी सेवा केन्द्रको नाममा बजेट छुट्याएर नियमित भाडा तिरेको पाइए पछि सरोकारवालहरुले प्रश्न उठाएका थिए । 

jesthnagarik kentra

वडाको लक्षित वर्ग शीर्षक अन्र्तगत एक आर्थिक वर्षको घरभाडा शिर्षकमा वजेट भुक्तानी गरेको देखिएको छ  भने चालु आर्थिक वर्षको लागि पनि वडा कार्यालयले वजेट विनियोजना गरेको छ । 

आर्थिक वर्ष २०७९।८०को बजेटमा एक लाख ३२ हजार वडा कार्यालयबाट भुक्तानी गरेको छ । आर्थिक वर्ष २०८० ।०८१ को लागि पनि वडा कार्यालयले एक लाख ४० हजार रुपैयाँ वजेट विनियोजन गरेको पाइएको छ ।  तर बजेटबारे समिति भने बेखर छ । वडाध्यक्ष आचार्यले आगामी दिनमा समितिसँग समन्वय गरेर जेष्ठ नागरिकका लागि कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।