काठमाण्डौ । वैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिने बाहना गरी झापाका एक युवाले एक सय भन्दा वढीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । 

मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका –३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा  समेत उजुरी रहेको छ ।

सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिनादेखि बेपत्ता  बनेका थिए  ।  पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।