धरान । यही भदाैं २५-३० मा धरानमा भएकाे दाेश्राे रेवाहाङ स्मृति बास्केटवल प्रतियाेगिताबाट बचेकाे रकम अक्षयकाेषका लागि याेगदान गरिएकाे छ ।

कक्षा १० मा अध्ययन गर्दै गर्दा असामायिक निधन भएका स्व. रेवाहाङ राईकाे स्मृतिमा उहाँका अभिभावक रेवतिरवण राईले  छाेराकाे स्मृतिमा २ लाखकाे अध्यकाेष बनाइदिनु भएकाे थियाे । साेही काेषमा आयाेजक धरान मेधा कलेजले प्रतियाेगिताबाट बचाएर एक लाख थप गरेकाे हाे ।

शनिवार एक कार्यक्रमकाे आयाेजना गरि  बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले काेष संचालक समिति रेवतिरवण राई, कैलास लिम्बू र विकास राईलाई हस्तान्तरण गरिएकाे छ ।

' खेलबाट एक लाख बचाएर काेष जम्मा गर्नु भएकाे छ । याे सराहणीय कामका लागि खेल आयाेजक, धरान र सुनसरी बास्केटवल संघलाई धन्यवाद दिनचाहान्छु ।'- अभिभावक राईले भन्नू भयाे-'प्रतियाेगिता निरन्तर चलाईरहे परिवारबाट काेषमा अझै रकम बढाउछाैं ।'

हस्तान्तरण कार्यक्रमकाे अध्यक्षता संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले गर्नु भएकाे थियाे । कार्यक्रममा   बास्केटवल संघ प्रदेश अध्यक्ष राेशन राई, जिल्ला अध्यक्ष नारायण सुवेदी, युवा नेता भीमज्वाला राई संघकाे जिल्ला सचिव विकास राई, काेषाध्यक्ष गाैरवमान श्रेष्ठलगायतकाे उपस्थिति रहेकाे थियाे ।