धरान । धरानमा बसाेवास गर्ने मुस्लिम समुदायले पनि तिहार मनाउदैं आएका छन् ।

नेकपा एमालेका नेतासमेत रहनु भएका फिराेज अलिले विगत २५ बर्षदेखि तिहारमा भाइटिका लगाउदैं आउनु भएकाे छ ।

दशै तथा तिहार नेपालीहरूकाे साझा पर्व भएकाले संस्कार संस्कृति जीवित राख्न परिवारले नै दशै तिहार मनाउदैं आएकाे अलिले बताउनु भयाे ।

धरान ३ का पूर्व वडाध्यक्ष कृष्ण शाहीका छाेरीहरू मन्दिरा, मनका र मजुराबाट अलिले भाइटिका ग्रहण गर्नु भयाे । अलिकी छाेरी अप्साले संजिव शर्मालाई टीका लगाउनु भयाे ।

जफिर,गुल्लवाहार र राेशन शर्माले अन्जु सुवेदीसँग  भाइटिका लगाउनु भएकाे छ ।यस्तै कुमकुम सिध्दिकीले विजयपुरका शंकर पाण्डेलाई टीका लगाईदिनु भयाे ।

विशेष गरेर हिन्दु समुदायले मनाउदै आएकाे तिहार मुस्लिम समुदायले पनि मनाउन थालेका छन् । भिन्न धर्म मान्ने समुदायकाे संस्कृतिकाे सम्मान र  सहभागिताले धार्मिक, सामाजिक सद्भाव  कायम रहने   धार्मिक अगुवाहरूले बताएका छन्  ।