Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

आज तिहारकाे चाैथाे दिन: बली, हलि एवम् गोरु पूजा

Gravatar 250 विजयपुर खवर संवाददाता
  • कार्तिक २८, २०८०
  • २५६ पटक पढिएको
256 Shares
alt

धरान /  कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । 
 गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
 बली, हलि एवम् गोरु पूजा
 भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।
 वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

यो पनि - आज धनधान्यकी देवी लक्ष्मीपूजा
सम्बन्धित समाचार
नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न
बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो
धुलोले ढाकिएको फत्तेपुर : सडकको सास्तीले जनता सडकमा धुलोले ढाकिएको फत्तेपुर : सडकको सास्तीले जनता सडकमा
  • भर्खरै
  • लाेकप्रिय
नमुना संसद्सहित ‘एसईई स्पिकर–२०८३’ सम्पन्न
बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो
धुलोले ढाकिएको फत्तेपुर : सडकको सास्तीले जनता सडकमा
महिलाहरूलाई सुपारी नरिवल सजावट तालिम
हिविसकसमा निर्वाचनबाट विद्यालय क्याप्टेन छनौट
मेरो धर्म यातायात व्यवसायीको सुरक्षा र व्यवसायीको सेवा हाे
काेशी प्रदेशकाे नीति तथा कार्यक्रममा के के विषय समेटिए
क्यान्सर उपचारमा आशाको किरण
धरानकाे यूएन नवोदय कलेजले ल्यायाे आकर्षक छात्रवृत्ति याेजना
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic