धरान । नेकपा एमाले धरान उपमहानगर कमिटीले २०८० सालकाे देउसी भैली कार्यक्रम धरान ११ सृर्जना चाैकबाट सुरू गरेकाे छ ।

नेपाली माैलिक चाडपर्वहरूलाई जीवित राख्न भाैलिक देउसी भैली कार्यक्रम आयाेजना गरिएकाे नेकपा एमाले उपमहानगर सचिव राजेन्द्र राईले जानकारी दिनु भयाे ।

देउसीबाट उठेकाे रकम पार्टी संचालन तथा कार्यकर्ताहरूकाे क्षमता अभिवृद्धिका लागि खर्च गर्ने देउसी कार्यक्रमका संयाेजक समेत रहनु भएका सचिव राईले जानकारी दिनु भयाे । देउसी कार्यक्रमबाट पाँच लाख संकलन हुने पार्टीले जनाएकाे छ ।

भाईटिकाकाे दिनसम्म चल्ने सांस्कृतिक कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, काेशी प्रदेश सभा सदस्य विजयकुमार राईलगायत एमाले नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे छ ।

IMG20231113114326