धरान / नेकपा(एमाले) धरान १४ नम्बर वडा कमिटीले तिहार छठलगाएतका पर्वहरुको अवसर पारेर शनिवार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्याक्रममा प्रमुअ अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य तथा धरान उपमहानगरकी पूर्व उपमेयर मञ्जु भन्डारी रहनु भएको थियो । उहाँले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका सांस्कृतिक पर्वको उतिकै महत्व भएको बताउनु भयो । 

नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न एमाले लागि परेको उहाँले बताउनु भएको छ । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेले बदलिँदो परिवेश,र आबश्यक्ता अनुसार राजनीतिक दलहरु परिवर्तन हुनु पर्ने बताउदैं उहाँले चाडपर्वको अवसरमा शुभकामना दिनु भयो ।  ।

कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद यसोदा कायस्थ, एमाले जिल्ला कमिटी सचिबालय सदस्य नारायणप्रसाद सुबेदी, नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजङ एभेङ्लगायतले शुभकामना व्यक्त गर्नु भयो । 

एमाले १४ नम्बर वडाका अध्यक्ष सूर्य पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रम सचिब केशब खतिवडाले सञ्चालन गर्नु भएको थियो ।

एमाले धरानका प्रचार बिभाग सदस्य मनि सुन्दर खत्रीले कार्यक्रमले पार्टीका स्थानीय नेता कार्यकर्ता हरुबिचमा अन्तरघुलन गराउन मद्दत पुगेको बताए ।