धरान । नेकपा (एमाले) धरान उपमहानगर ५ नम्बर वडा कमिटीले शनिबार देउरालीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकोछ । तिहार, छठ, नेपाल सम्वत्, उधौलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसंगै प्रशक्षिण कार्यक्रम सञ्चालन गरेको हो ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राईले ट्रेड युनियन र राजनीति, प्रदेश कमिटीका पूर्व सदस्यहरु मुरारी सुवेदीले जनताको बहुदलीय जनवाद र नेकपा (एमाले), राम आङबुहाङले विश्व कम्युनिष्ट आन्दोलन र पार्टी नगर उपाध्यक्ष पारस काङवाङले साम्यवादी राज्य व्यवस्था र माक्र्सवादी अर्थव्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
murari

पार्टी प्रदेश सदस्य तथा सांसद रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडाका अगुवा तथा पार्टीका संगठित सदस्य र स्थानीयको सहभागीता रहेको थियो ।
अध्यक्ष विजय राईको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन गोविन्द महत, स्वागत मन्तव्य सुनिता राईले गर्नु भएको थियो । कार्यकर्ताहरुलाई पार्टी नीति तथा सङ्गठनबारे जानकार गराउन शुभकामना आदानप्रदानसँगै प्रशिक्षण राखिएकाे अध्यक्ष राईले बताउनु भयाे ।
jwala